सुआरेज मड्रिडमा अनुबन्धित

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको हो । एट्लेटिकोले सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शनअनुसार ६ मिलियन पाउन्डसम्म बोनसका रूपमा बार्सिलोनालाई तिर्नुपर्नेछ । सुआरेज दुई वर्षका लागि अनुबन्धित भएका हुन् ।

इटालियन क्लब युभेन्टसले अनुबन्धमा चासो देखाए पनि नागरिताको समस्याका कारण युभेन्टसपछि हटेपछि सुआरेजलाई एट्लेटिकोले अनुबन्ध गर्न सफल भएको हो । सुरुवातमा बार्सिलोनाले सुआरेजलाई बार्सिलोना जान रोक्ने निर्णय गरे पनि पछि एट्लेटिको जान सहमति दिएको थियो । स्पेनिस फरवार्ड अल्भारो मोराटा लोनमा युभेन्टस पुगेपछि सुआरेजलाई एट्लेटिको आउन सहज भएको थियो । २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका सुआरेजले ६ वर्ष बसाइमा २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । उनले त्यहाँ रहँदा चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे, एकपटक यूईएफए सुपरकप, दुईपटक सुपरकोपा, एकपटक च्याम्पियन्स लिग, क्लब वल्र्डकप र पिचिची ट्रफी जितेका छन् ।

मेन्डी चेल्सीमा
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले यो सिजन सातांै खेलाडीको रूपमा सेनेगल तथा फ्रान्सेली क्लब रेनिसका गोलरक्षक एडुवार्ड मेन्डीलाई अनुबन्धित गरेको छ ।

चेल्सीले २८ वर्षीय मेन्डीलाई २२ मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्धित गर्न सफल भएको हो । चेल्सीमा अनुबन्धित भएपछि मेन्डीले क्लबको आधिकारिक वेभसाइटमा चेल्सीमा जोडिन पाउँदा उत्साहित रहेको बताएका छन् । ‘यो रमाइलो र उत्कृष्ट टोलीको एक हिस्सा हुन पाउनु र प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा खेल्ने मेरो सपना हो । म मेरो टिमका सहयात्रीलाई छिट्टै भेट्नेछु । चेल्सीमा छिट्टै खेल्नलाई कुर्न सक्दिनँ,’ मेन्डीले भने । चेल्सीका कीर्तिमानी गोलरक्षक किपा एरिजाबालगाले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएपछि चेल्सीले उनको विकल्पमा मेन्डीलाई अनुबन्ध गरेको हो ।

चेल्सीले गत सिजन प्रिमियर लिगको ३८ खेलमा ५४ गोल खाएको थियो । जुन निकै खराब प्रदर्शन हो । मेन्डीले रेनिसमा पहिलो सिजन ३३ खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । उनले १३ क्लिनसिट राखेका थिए । रेनिस नयाँ सिजनको लासग च्याम्पियन्स लिगलाई छनोट भएको छ । चेल्सीले यो सिजन खेलाडी अनुबन्धमा २ सय ५० मिलियन पाउन्ड खर्च गरेको छ । हाकिम जियाच (३८ मिलियन), टिमो वेर्नर (५३ मिलियन), बेन चिलवेल (५० मिलियन), मालाङ सार (फ्रि एजेन्ट), थियागो सिल्भा (फ्रि एजेन्ट) र काई हाभर्टज (८९ मिलियन) पाउन्ड खर्च गरेको छ । चेल्सीका निर्देशक मारिना ग्रानोभ्सस्काले टेक्निकल टिम विशेष गरी पिटर चेकको नै मेन्डी अनुबन्धमा ठूलो भूमिका रहेको बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित