Wednesday, October 21, 2020
Home बिचार जातीय भेदभाव तथा छुवाछूतः सामाजिक अपराधको रुपमा

जातीय भेदभाव तथा छुवाछूतः सामाजिक अपराधको रुपमा

नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानूनी रुपमा निषेध गरिएको छ । यस्तो विभेदलाई संविधानले नै दण्डनीय बनाएको छ । तैपनि व्यवहारमा विभेदको अन्त्य हुन सकिरहेको छैन ।

जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रको आधारमा गरिने भेदभावपूर्ण घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको छ । अन्तरजातीय बिहे गर्दा समाजबाट बहिष्कृत भई दुव्र्यवहार खेप्नु परेका घटनाहरु पनि ताजै छन् । दलितसँग बिहे गरेकै कारण छोरीलाई आफ्नो बाबुको दाहसंस्कार गर्नबाट वञ्चित गरिएको छ ।

पौराणिककालतर्फ फर्किँदा जातीय विभेदलाई कसरी लिइयो ? जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी अपराध के साच्चिकै पौराणिककालदेखि नै प्रचलनमा थियो ? कसरी यसको सुरुवात भयो ? अध्ययनको विषय बनाउँदा पौराणिक कालखण्डमा आ–आफ्नै तरिकाले व्याख्या–विश्लेषण गरिएको पाइन्छ ।

हिन्दु धर्मशास्त्रका अनुसार ब्रहामाजीले प्राणीको श्रृष्टि गर्ने क्रममा मनुष्यको श्रृष्टि गरेको पाइन्छ । यसरी श्रृष्टि गरेर कामको विभाजन पनि गरेको विषय उल्लेख छ । मुखबाट जन्मेकाहरुलाई पूजापाठमा सरिक हुने भनी ब्राहमण नाम दिए । बाहुबलबाट जन्मेकाहरुलाई बहादुरताको संज्ञा दिइयो र देशको रक्षा गर्ने क्षत्री कहलाए । त्यस्तै पेटबाट जन्मिएकाहरुलाई व्यापार–व्यवसायमा संलग्न रहने भनी वैश्य नाम दिइयो । पाइतलाबाट जन्मिएकाहरुलाई सबैको सेवा गर्ने भनी शुद्र नामाकरण गरिएको भेटिन्छ । त्यहाँ कुनै जातीय विभेद, छुवाछूतको विषय थिएन । केवल कामको लागि मात्र नामाकरण गरी छुट्टाइएको पाइन्छ ।

महाभारतकालमा वर्ण विभाजनलाई पूर्णरुपमा बंशाणुगत नभइकन श्रम विभाजनको रुपमा हेरेको पाइन्छ । दुर्योधनले कर्णलाई दासपुत्रको रुपमा नहेरेर वीर योद्धाको सम्मान दिएर स्वीकार गरेको देखिन्छ । यसैगरी कर्णलाई भीष्म, द्रोण र परशुरामसरह सम्मान दिएको भने देखिँदैन । क्रृवेदको पुरुषसुक्तमा हरेक मानिसको मुख र मस्तिष्कमा ज्ञान र बुद्धिलाई बुझाउने अङ्ग भएकोले ब्राहमणको संज्ञा दिइएको पाइन्छ । त्यसैगरी पाखुरालाई वीरता प्रदान गर्ने साहसी मानी क्षत्री संज्ञा दिएको पाइन्छ । जाघले कृषिजन्य वा व्यापार, व्यावसायिक कामको अगुवाई गर्ने हुँदा बैश्य नाम दिएको र पाइतालाहरु हिडडुल गर्दा फोहोरसँग लसपस हुने भएकोेले शुद्र नाम दिएको छ । एउटै शरीरका विभिन्न अङ्गका भिन्न–भिन्न काम अनुसार दिइएका यी नामले प्रत्येक व्यक्तिमा ब्राहमण, क्षत्री, वैश्य र शुद्र भन्ने कुरा बताएको छ । त्यहाँ कुनै छूत–अछूत, तल्लो जात, माथिल्लो जात भनी विभेदको संज्ञा दिइएको पाइँदैन । केवल एउटै शरीरका अङ्गको मात्र काम फरक थियो ।

मनुस्मृतिबाट शुरु भएको सामाजिक वर्र्गीकरण हिन्दू धर्मका सबै ठाउँमा मिल्दोजुल्दो तरिकाले व्याख्या गरिएको देखिन्छ । ईशाको चौथो शताब्दीतिर मल्ल वंशजका तत्कालीन राजा जयस्थिति मल्लले सामाजिक सुधारको नाममा समग्र मानवलाई चार वर्ण छत्तीस जातमा विभाजन गरेर नियम बसालेका थिए । त्यसपछाडि मनुका विभाजनले समाजमा निरन्तरता नपाएको देखिन्छ । त्यसैगरी जयस्थिती मल्लले शुरु गरेको वर्ण विभाजन मुलुकी ऐन, १९१० ले (जङ्गबहादुर राणाको पालामा) जातीय भेदभाव तथा छुवाछूतलाई मानेको छ ।

मलामी जान, बिहे भोजभतेर, पूजाआजामा सबै वर्ग सहभागी हुन नपाउनेजस्ता कुरुतिलाई प्रश्रय दिएको देखिन्छ । त्यस्तै हाम्रो समाजमा जातिगत मात्रै नभएर दलित, दलितबीच पनि विभेद त्यत्तिकै पाइन्छ ।

मुलुकी ऐनको महल, १६२ मा छोइछिटो हाल्नु पर्ने, नपर्ने, पानी चल्ने, नचल्ने भनी उल्लेख गरिएको छ । जयपृथ्वीबहादुर सिंह र चन्द्रशम्शेरको पालामा तल्लोजात, अछूत जात, डुम जस्ता शब्दहरु प्रयोग गरिएको पाइन्छ । विसं २००७ पछि दलितवर्र्ग, पिछडिएको वर्र्ग, उत्पीडित, निमुखा, सुविधावञ्चित, सीमान्तकृत, बहिष्कृत समुदाय, शोषित पीडित, पछाडि पारिएका समुदाय भनी शब्दहरु प्रयोग गरिएको पाइन्छ । नयाँ मुलुकी ऐन, २०२० सम्म आईपुग्दा अदालती बन्दोबस्तीको महलले कसैलाई जातिपाति धर्म, वर्ण वा कामको आधारमा छुवाछूत भेदभावको ब्यवहार गरी बहिस्कार र वञ्चितीकरण गरेमा तीन महिनादेखि ३ वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको पाइन्छ ।

त्यसैगरी नेपालको संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउँने हक तथा धारा ४० दलितको हकविपरीत रहेको छ । त्यसैगरी त्यस्तो कार्य मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १ समेतको प्रतिकूल छ । त्यस्तै नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा २६ मा सबै व्यक्तिलाई समान र प्रभावकारी संरक्षणको प्रत्याभूति प्रदान गरिने ब्यवस्था रहेको छ । सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५, र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को धारा ३ (१) ले समेत जातीय भेदभाव र छुवाछूतलाई वर्जित गरेको छ । नेपालले नागरिक तथा राजनीतिक अनुबन्ध, महिलाविरुद्ध हुने भेदभावविरुद्धको अधिकार, यातनाविरुद्धको महासन्धि, बाल अधिकार, अपाङ्ग भएका ब्यक्तिको अधिकार लगायतका महासन्धिको पक्ष राष्ट्र भएर समानता, जीवन मर्यादा, स्वतन्त्रता, अविभेदलाई स्वीकार गरेको छ ।

यसरी कर्मका आधारमा विभाजन गरिँदैआएको वर्र्गलाई समाजका गलत किसिमका व्याख्या र शासन गर्ने शैलीले गलत मान्दै आएको देखिन्छ । समाजमा नकारात्मक सन्देश फैलाई जातिपाति छुवाछूत अगाँल्दै आएको पाइन्छ । परिणामस्वरुप समस्या थपिँदै गएको छ । जातीय भेदभाव तथा छुवाछूतजस्तो सामाजिक अपराध समाजमा यथावत रहेको छ । हिन्दू धर्मलाई नकारात्मक तरिकाबाट गलत व्याख्या गरी गरिबीमाथि आर्थिक प्रलोभनको फाइदा उठाई किस्चियन धर्म परिवर्तन गर्न बाध्य बनाइएको तथ्यहरु पनि प्रशस्तै भेटिन्छन् ।.सरोकारवाला निकायका अधिकारका कुरा गर्ने पदाधिकारीहरुले जिम्मेवारी र दायित्व बिर्सिएको देखिन्छ ।

यो पनि पढ्नुहोस   जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

मलामी जान, बिहे भोजभतेर, पूजाआजामा सबै वर्ग सहभागी हुन नपाउनेजस्ता कुरुतिलाई प्रश्रय दिएको देखिन्छ । त्यस्तै हाम्रो समाजमा जातिगत मात्रै नभएर दलित, दलितबीच पनि विभेद त्यत्तिकै पाइन्छ । जस्तै कामीले छोएको सार्कीले नखाने । मन्दिर बनाउँदा दलितलाई प्रयोग गरिन्छ । तर, मन्दिर बनी सकेपछि पूजा गर्न मन्दिर प्रवेशमा रोक लगाउने प्रथा, परम्परा ज्यूँकात्यूँ भेटिन्छन् । बिनाआधार जातीय भेदभाव तथा छुवाछूत हाम्रो धर्म, संस्कारको रुपमा जरा गाडी सांस्कृतिक रुपमा जकडिएर रहेको छ । सार्वजनिक स्थल, समारोह, धारा, कुवा, इनार, मजदुरी गर्ने ठाउँ आदिमा छुवाछूत तथा विभेद रहेको छ । अधिकार खोजेमा सामाजिक विखण्डन आउँछ ।

आफ्नो विषयमा पछि बोली दिने कोही हँुदैनन् भनेर जातीय विभेद तथा छुवाछूतको घटनालाई धेरैले बाहिर ल्याउन नसकेको देखिन्छ । मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र राजनीतिक दलविच पनि विभेद रहेको छ । समाजमा गरिबी र अशिक्षाको कारण जातीय भेदभावले प्रश्रय पाउँदैआएको हो । केही समाजका प्रतिनिधि घटनामा २०७५ साल साउन १४ मा दैलेख नारायण–१०, भवानीकी ३५ वर्षीया लछिमा सुनारलाई धारामा गाग्रो छोएको निहुँमा स्थानीय राजकुमारी न्यौपानेले निर्घात कुटपीट गरिन् । त्यस्तै दैलेखका एक बृद्ध आचार्य बुवालाई कार्यक्रममा दलित नानीको हातबाट खाएको निहुँमा परिवार, समाजले बहिस्कार गरेको समाचार प्रकाशित भएको थियो । दलित र गैरदलित बिहे गर्दा समाजले नस्वीकारेकाले सम्बन्ध विच्छेद, आत्महत्या जस्ता घटना घटेका छन् । रुकुमको घटना प्रेममा दलित भएकै कारण नवराज बिक लगायतका युवाहरुले ज्यान गुमाउनु प-यो । रौतहटको गरुड, सप्तरी, कालिकोट, कैलाली, सिराह र इलाम लगायत जिल्लामा समेत दलित समुदाय माथि हत्या हिंसाका घटनाहरु भइरहेको छ । संघीय व्यवस्थापिका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरु समेत जातीय भेदभाव र छुवाछूतको मारमा पर्नु परेको घटनाहरु पनि पत्रपत्रिकामा देखिन्छ । मानवअधिकार वर्षपुस्तक इन्सेक–२०२० का अनुसार ३ वर्षमा जातीय विभेदका घटनाहरु हेर्दा सन् २०१७ मा ४५ वटा, २०१८ मा ६२ र २०१९ मा ६२ वटा घटनाहरु अभिलेख भएको छ ।

दलित, गैरदलित, ज्येष्ठ नागरिक र अविभावकबीच बुझाइमा एकरुपता नहुनु पनि समस्याको विषय बनेको छ । बुढापाका उमेरका व्यक्तिहरुमा दलितहरुमाथि भेदभाव तथा छुवाछूत गर्नु हँुदैन भन्ने सोच सकारात्मक रुपमा परिवर्तन गर्न नसकेको प्रशस्तै उदाहरणहरु भेटिन्छ । के गर्दा भेदभाव र छुवाछूत हुन्छ ? उजुरी कहाँ गर्नेँ ? भेदभाव भएमा उपचारको व्यवस्था के ? लगायत सामान्य जानकारी समेत विकासका मुल धारमा पछाडि परेका वर्गहरुलाई थाहा छैन । नचिनेको ठाउँमा सार्वजनिक रुपमा छुवाछूतको खासै प्रभाव देखिँदैन । तर, चिनेजानेको ठाउँमा बुढापाकाहरुले छोइछिटोलाई जोड दिएका हुन्छन् । परम्परारुपमा चली आएको प्रथालाई धर्मसँग जोडिएर हेरिएको उदाहरण दूरदराजमा प्रशस्तै छन् । कूल देवता रिसाउँछन् भनी जातीय विभेद गरेको समेत पाइन्छ ।

यस्ता अमावीय र आपराधिक घटना हुनु भनेको समाजलाई बिखण्डनतर्फ धकेल्नु हो । यसकारण समयमै भए गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिहरुको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्दछ । विद्यालयस्तरमा नै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नु पर्दछ । समाजमा सबैलाई समान ब्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलनजस्ता कार्यक्रममा जोड दिनु पर्नेछ । जातीयता र धार्मिकताबीच खाडल आउन सक्ने सम्भावना हुन्छ । यस्तो समस्या आउन नदिनका लागि धार्मिक बहस हुन अति जरुरी देखिन्छ । हाम्रा धार्मिकगुरुहरुबाट नै छुवाछूत भन्ने कुरा कुनै पनि धर्म ग्रन्थहरुमा छैन । सृष्टिकालमा कार्य विभाजन गर्दा प्रयोग गर्दे आएकोे विषयलाई गलत संस्कारको रुपमा प्रयोग भयो भन्ने बुझाउन स्थानीय तहबाट नै प्रचार प्रसारमा जोड दिनु पर्ने देखिन्छ । सरोकारवालाहरु सबैले उच्च मनोबलका साथ परिवर्तनको संवाहक बनी देखाउनुपर्दछ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विषय हेर्ने प्रत्येक सरकारी कार्यालयमा फोकल अफिसरको व्यवस्था हुनु पर्ने साथै मिडियाले पनि जातीय विभेद तथा छुवाछूतविरुद्ध प्रचारप्रसारमा जोड दिनु पर्ने आवश्यक हुन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहारको न्यूनीकरणका लागि सरोकारवाला निकायलाई जिम्मेवार र जवाफदेही बनाउनु पर्दछ । सरोकारवाला निकायसँग समन्वय, सहकार्यमा जोड दिई जनचेतनामूलक कार्यमा जोड दिनु पर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार स्थानीय तहबाट नै प्रभावकारी रुपमा सूक्ष्म, निष्पक्ष अनुगमन, अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ ।

धार्मिक क्षेत्रमा काम गर्ने पण्डितहरुलाई छुवाछूतजन्य व्यवहार सामाजिक कुसंस्कार, समाजको जघन्य अपराध, हो । मानिस सबै एउटै ईश्वरका सन्तान हौँ । मानव–मानवबीचमा कुनै पनि फरक छैन भनी बुझाउन प्रचारप्रसार गर्न लगाई जनचेतना जगाउनु आजको आवश्यकता हो । मानव–मानव भएर बाँच्न पाउनु नै विभेदको अन्त्य हुनु हो । सम्मानित र मर्यादित जीवन जीउन पाउनु नै मानवअधिकारको सुनिश्चितता प्रदान गर्नु हो ।

यो पनि पढ्नुहोस   जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

आचार्य मानवअधिकार अधिकृत हुन् ।

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

साताका लोकप्रिय समाचार

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या, हवल्दार बेपत्ता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

नातीको कुटाईबाट हजुरबाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा नातीको कुटाईबाट हजुरबुबाको मृत्यु भएको छ । सहिदभूमी गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईले कुटपिट गर्दा उनका ९० बर्षीय...

ट्रेन्डिङ

जनकपुरमा फोहोर फ्याँकेको विषयमा झडप हुँदा २० बढी घाइते

जनकपुरधाम । धनुषाको एक शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् ।...

युवकको मृत्यु हुँदा क्वारेन्टाइनमा स्वास्थ्यकर्मी थिएनन्

शनिबार बेलुका खाना खाएर सुतेका उनले ४ बजे बिहान एक्कासी २ पटक बान्ता गरेपछि बेहोस भएका थिए । बेहोसीमै उनको प्राण गयो नेपालगन्ज । बाँकेको...

कतारबाट फर्किएकालाई कोरोनाको आशंका, १४९ लाई खरिपाटी क्वारेन्टिनमा राखियो

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा...

मेलम्ची बजारमा पहिरो : ८ जना कामदार पुरिए, एकको उद्धार

सिन्भुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा ८ कामदार पुरिएका छन् । सोमबार राति साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची...

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई...

कोरोना भाइरस : विश्वभर सङ्क्रमितमध्ये ८० हजार निको भएर घर फर्के, अझै करिब एक लाख उपचाररत

पेरिस । मङ्गलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको...

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु...

इटहरीमा १८ घण्टा लोडसेडिङ : सर्वसाधारण भन्छन्, ‘सडकमा आगो बल्ने दिन नआओस्’

इटहरी । इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना...

सुर्नया गाउँपालिका केन्द्र बिवाद हिंसात्मक बन्यो, अध्यक्ष सहित १७जना घाइते

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा केन्द्रको बिवाद झनै उत्कर्षमा पुगेको छ । अहिले गाउँपालिकाको वडा न. ५ स्थीत रौलेश्वर कठ्यागौँडमा अस्थाई केन्द्र रहेको छ...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)