अबैध लागुऔषध ओसारपसारमा संलग्न ८ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न नाकाबाट लागुऔषध भित्र्याउँदै गरेको अबस्थामा ८ जनालाई पक्राउ गरेको छ । सप्तरीको फत्तेपुरबाट लागु प्रतिबन्धित लागुऔषध ल्याएर आउँदै गरेको अबस्थामा उदयपुरको त्रियुगा नगरपालिका– २ मोथियाहीबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन बिश्वकर्मा, २० वर्षीय सागर पौडेल, २२ वर्षीय शिब अधिकारी, २२ वर्षीय दिलिप घिमिरेलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले जानकारी दिए ।

त्यसैगरी त्रियुगा नगरपालिका– ६ स्थित प्रहरी चौकी लालपत्ताले अबैध लागुऔषध गाईघाट ल्याउँदै गरेको अबस्थामा सप्तरी कृष्ण सबरमका ३१ वर्षीय प्रबेश मिया र उनी श्रीमती २६ वर्षीय हजारुम खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फत्तेपुरबाट गाईघाट आउँदै गरेकाहरुको साथबाट चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔषध बरामद गरेको थियो । उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लालपत्ताबाट पक्राउ परेका मुस्लिम श्रीमान श्रीमतीको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल अबैध लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अबैध लागुऔषधसहित पक्राउ परेका आठै जनालाई अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको साथबाट ५ थान मोबाइल सेट समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । उनीहरुलाई सबैलाई लागुऔषध ऐन अनुरुप कारबाही चलाइने बताए ।

मुस्लिम दम्पतीले भने भारतबाट लागु औषध ल्याई त्रियुगा नगरपालिका– ६ लालपत्तामा बिक्री बितरण गर्न लागेको सुचना पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी