लिभरपुल र सिटी सफल

लन्डन । प्रिमियर लिग च्याम्पियन लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कप अर्थात् कारवाओ कपमा सफलता हात पार्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

जापनिज मिडफिल्डर ताकुमी मिनामिनो र कर्टिस जोन्सले समान दुई गोल गरेपछि लिभरपुलले दोस्रो श्रेणीको लिंकन सिटी एफसीमाथि ७–२ को फराकिलो जित निकाल्दै अर्काे चरणमा प्रवेश गरेका हन् ।

जद्रान साकिरी, मार्काे ग्रुजिक र डिभोक ओरिगीले समान एक गोल गरे । लिंकनका टायो इडुन र लेविस मोन्ट्माले सान्त्वना गोल फर्काए । यस्तै, घरेलु मैदान इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले अघिल्लो सिजन रेलिगेसनमा परेको बर्नमाउथमाथि २–१ को झिनो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएका हुन् ।

सिटीको जितमा लियाम डिलाप र फिल फोडेनले गोल गरे । बर्नमाउथका साम सुरिड्जले इक गोल फर्काए । यस्तै, एस्टन भिल्लाले ब्रिस्टोल सिटीलाई ३–० ले पराजित गर्दै अर्काे चरणमा स्थान सुरक्षित गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो