युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जीत निकालेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नाइको प्रतियोगितामा यो लगातार दोस्रो हार हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो । दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।
शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन बनाएका थिए । त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐय्यरले पारि अघि बढाएका थिए । यी दुई खेलाडीका बीचमा ५८ रनको साझेदारी भएको थियो ।
जवाफमा चेन्नाइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३१ रनमा रोकियो । ओपनर सेन वाट्सन १४ रनमा आउट भए । त्यसपछि मुरली विजयलाई १० रनमा आउट हुँदा चेन्नाइको खातामा मात्र ३४ रन थियो । फाप डुप्लिसिसले ४३ र कप्तान महेन्द्रसिंह धोनीले १५ रन बनाएका थिए ।
दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए ।