Thursday, June 24, 2021
Home Not-to-be-missed कोरोनाको महामारीमै चलचित्र छायांकन

कोरोनाको महामारीमै चलचित्र छायांकन

,

काठमाडौं । चलचित्र प्रदर्शनका लागि सिनेमा हल कहिलेबाट खुल्ने भन्ने टुंगो छैन । महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) बाट अहिले नेपाली चलचित्र उद्योग पूर्ण प्रभावित छ । तर, गत साताबाट लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मीहरू यतिबेला चलचित्रको निर्माण तयारीमा जुट्न थालेका छन् । केही चलचित्रले मुहूर्तसँगै छायांकनसमेत सुरु गरिसकेका छन् भने केही चलचित्रको दसैंपछिबाट छायांकनको तयारी हुँदै छ ।

केही चलचित्र भने यतिबेलै छायांकनमा उत्रिएका छन् । यसै क्रममा गत महिनाबाटै निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ चलचित्र लक्ष्मीपूजाको छायांकन सुरु गरेका छन् । थानकोटस्थित आफ्नो स्टुडियोमा केही प्रतिशत र बाँकी छायांकन काठमाडौंकै विभिन्न स्थानमा गरिरहेको निर्देशक शोभित बस्नेतले बताएका छन् । यसपटक दसैंबाटै सिनेमा हल खुल्ने सम्भावना भएकाले सोही मितिमा रिलिज गर्ने लक्ष्यसहित चलचित्र लक्ष्मीपूजाको छायांकन गरिरहेको शोभितको कथन छ । सामाजिक दूरी कायमसहित भइरहेको छायांकन अहिले अन्तिम अवस्थामा पुगेको पनि उनले बताए । जसमा सलोन बस्नेत, रियासा दाहाल, जयकिसन बस्नेतसहितको मुख्य भूमिका रहेको छ ।

यसैबीच अर्को चलचित्र गोबर गणेशको पनि अहिले काठमाडौंमा छायांकन भइरहेको छ । जयकिसन बस्नेतकै मुख्य भूमिका रहेको यो चलचित्रको पनि छायांकन अन्तिम तयारीमा पुगेको छ । आफूहरूले यो चलचित्र पनि सामाजिक दूरी कायम गर्दै छायांकन गरेको निर्माण पक्षको कथन छ ।

यता निर्देशक मिलन आले मगरले कोरोना संक्रमणलाई समेत चुनौती दिँदै यसै साता काठमाडौंमा चलचित्र हिँड्दा हिँड्दैको शुभ साइत सम्पन्न गरे । यो चलचित्रको यसै साताबाट काठमाडौंदेखि नै छायांकन सुरु हुने भएको छ । आफूहरू कोरोना संक्रमण हुनबाट सावधानी अपनाउँदै चलचित्रको छायांकनमा उत्रन लगेको निर्देशक मिलनले बताएका छन् । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सलोन बस्नेत, नवोदिन अभिनेत्री रेखा शाहलगायतका विभिन्न कलाकार रहेका छन् ।

चलचित्रको आधाजसो छायांकन काठमाडौंमा सकेपछि निर्माण टिम तराईतर्फ लाग्नेछ । तराईमा छायांकन स्थल पक्का भएपछि आफूहरू चलचित्रको बाँकी छायांकनका लागि तराई जाने निर्देशक मिलनले जानकारी गराएका छन् । उनकोे अनुसार यो चलचित्र सामाजिक प्रेमकथामा निर्माण हुँदै छ ।

निर्देशक आकाश अधिकारीले पनि अब आफ्नो नयाँ चलचित्रको छायांकन दसैंपछिबाट सुरु गर्ने भएका छन् । नयाँ चलचित्रमा उनले कलाकारलाई अनुबन्धित गरेर अभिनय कार्यशाला पनि सुरु गर्न लागेका छन् । यसै साता आफ्नो चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेर निर्माण घोषणा गर्ने बताएका छन् ।

एक्सन थ्रिलर कथामा निर्माण हुने यो चलचित्रको नायिकाको चयन अब केही दिनमै हुने पनि अधिकारीको कथन छ, ‘कोरोना संक्रमण काठमाडौंमा व्यापक रूपमा बढिरहे पनि कोरोनाबाट जोगिएर छायांकनमा उत्रनुपर्ने बेला आएको छ । हामीले काम सुरु ग¥यौं भने चलचित्र उद्योग बिस्तारै चलायनमान हुनेछ र अरूलाई पनि काम गर्ने हौसला मिल्नेछ । अहिले अरू पनि केही चलचित्र दसैंपछि छायांकनमा उत्रने तयरी गरिहेका छन् । केही चलचित्र भने तिहारबाट मैदानमा उत्रने भएका छन् ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु

  काठमाडाैं । निषेधाज्ञा खुकुलो भएसँगै हास्य टेलिसीरियल ‘अत्ति भो’ को छायाँङ्कन सुरु भएको छ । हरेक शनिवार राति ९ बजे ल्त्ख् एगिक र ९ः३०...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

ट्रेन्डिङ

अनलाइन चेस च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाई बुद्धिचाल च्याम्पियनसिप आयोजना हुने भएको छ । च्याम्पियनसिपमा नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाई, शीर्ष वरीयताका...

सडकदेखि सदनसम्म रेल ठेक्का विवाद

काठमाडौं । सरकारले पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का चौतर्फी विरोध भएपछि रद्द गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले १८...

भक्तपुरका जनतामा कोरोना भाइरसको त्रास

भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको...

बंगलदेशसँग पाँच वर्षपछि हार

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग हार बेहोरेको छ । नेपाली टोली बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो...

बझाङको बुङगलमा पहिरो जाँदा २ बेपत्ता, ४ घाइते

बझाङ । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ ः १५ बजे पहिरो गएको छ । पहिरोमा परी २ बेपत्ता भएका छन् भने...

कांग्रेस शीर्ष नेताहरुको बैठक बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधबार शीर्ष नेताहरुको बैठक...

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य...

परिमार्जन नभइ एमसिसी पारित हुन्न : प्रचण्ड

चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका...

प्रदेश २ मा २०४ जना थपिए कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ९ जना महिला र...

बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् । बिहान ११ बजे...

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी १६ पुसका लागि तोकिएको...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)