Wednesday, October 21, 2020
Home सौजन्य विचरा ! वीरे

विचरा ! वीरे

फिक्सन 

युमाश शेर्पा

‘हैन वीरे, के भो तँलाई आज ? निकै सोच्दैछस्,’ झोक्रिरहेको साथीतिर हेर्दै जुँगेले सोध्यो । उसको मनभित्र कुतुहल मच्चिरहेको छ । ठर्राको चोपमा उसका आँखा पनि आधाभन्दा बढी खुल्न सकिरहेका छैनन् । काँचो इँट ङिच्चिरहेको भट्टीभित्रको गन्ध अनौठो छ । भ¥याङमुनिको अँध्यारो चर्पीको दुर्गन्ध बेला–बेला स्वाट्टस्वाट्ट भित्र छिर्दो छ ।

बागबजार गल्लीमा रिमरिम साँझ कोरल्न थालिसक्यो । अन्योलमा अड्केको उसका पाइला टसमस छैनन् । भट्टीको हरियो पर्दा पटक–पटक उघार्दै वीरे मुन्टो मास्तिर बटारिरहेकै छ । तर, पनि मन उकालो लाग्न सकिरहेको छैन, ओरालो सोझिने
दाउमात्र कस्दैछ ।
‘वीरे, ए…वीरे…’ जुँगे ओठमाथि ताउ लाउँदै जोडले बोल्यो ।
‘किन, करा ?’ वीरे हल्का सन्कियो ।
जुँगे चुप लाग्न खोज्छ तर सक्दैन…।
‘तेरै लागि त सोध्दैछु,’ जुँगे साँधेको भटमास चपाउँदै बर्बराउँछ ।
‘खान खा, रक्सी खा, के कराइ’रा ?’ वीरे फेरि हरियो पर्दा उघार्दै भन्छ ।
मन र साँझ एकनास बाक्लिँदैछ ।

‘मान्छेलाई याँ कस्तो भैरा’छ,’ गिलासको धमिलो ठर्रा स्वाट्ट पार्दै वीरे बोल्यो ।
‘के भा’छ ? खुलेर भन त,’ जुँगे पनि के कम ? वीरे केही बोल्दैन । हातको ठर्रा आधा पार्छ ।
‘के भन्ने ?’ वीरे भटमासले मुख मिठ्याउँछ ।
जुँगे धुन्मुनिएको छ । ऊ ओठमाथि चल्मलाउँदै गरेको बाक्लो जुँगा मुसार्न थाल्छ । भट्टीमा पाइलाहरू बाक्लिँदै छन् । भुटनको खार प्लास्टिके कालो सिलिङ रिङ्दैछ ।



‘ओ…हो साउनी, कस्तो खारेको ?’ ग्राहक नाक छोप्दै ‘हाच्छिउँ’ गर्छन् । भट्टी साउनी कालो ताप्के हल्लाउँदै दन्ते हाँसो फाल्छे । काउन्टरमा साउनीको तरुनी छोरी घोप्टो परेर मोबाइलमा व्यस्त छे । सधैं देखिइने भुँडे साउजी आज देखिएको छैन ।
‘ए…वीरे, अर्को लाउँछस् ?’ जुँगे धर्के गिलास देखाउँदै सोध्छ ।
‘मगा न, …सितन पनि,’ वीरे हरियो पर्दाले मुख पुछ्दै भन्छ ।
‘आज तँलाई के भो ? भन् त…,’ जुँगे टाउको ठोक्काउँझैं गरी अघि बढ्छ ।
भट्टी खचाखच भइसक्यो । भुटन र बाराको खार कुहिरीमण्डल बन्दैछ । ठर्राले लिँदैगरेका आँखाहरू टेबलमाथिको सितन बटार्दैछन् । हाँसोहरू आपसमा ठोक्किरहेका छन् ।
‘मलाई भननन…हुन थाल्यो बुझिस्,’ वीरे बोल्यो ।
‘के भो, रिंगटा छुट्यो ?’ जुँगे मुसुमुसु हाँस्दै सोध्छ ।
‘जिस्किरा ? खालास् है, आफूलाई याँ कस्तो भा’ह ?’ वीरे गाँठी कुरो खोल्न सकिरहेकै छैन ।
‘…अनि के कुरा चपाइ’रा त ?’ जुँगे चुस्की लाउँदै भन्छ ।
‘कोठाँ जाने मनै छैन भन्या, कोठा सम्¤यो कि भननन…भ’रा आउँछ,’ वीरे बल्ल खुल्न थालेझैं देखियो ।
‘किन, त्यस्तो के भ’र ? भाउजुसँग ठाकठुक प’रो ?’ जुँगे चाख मानेर सोध्छ ।
वीरेको अनुहार भने निचोरिएको कागतीझैं भएको छ । रन्थनिएको आफ्नो मथिंगल उसलाई धूमिल लाग्न थाल्यो । ऊभित्र कुुनै कुराको छेकछन्द घुस्न सकिरहेकै छैन ।

यो पनि पढ्नुहोस   पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे



‘ओ…हो, झमक्कै भइसकेछ, दिन छोटो भइसकेछ,’ वीरे हरियो पर्दा उघा¥यो । उसका नजर फेरि मास्तिरै तेर्सिन्छन् ।
‘तैले अघिदेखि मास्तिरमात्रै के हेरि’रा ?’ जुँगे अचम्म मान्छ ।
‘तँलाई थाहा छैन, मेरो कोठा †’ वीरे हल्का सन्कियो ।
‘थुक्क, रक्सीको सूरमा मैले नि बिर्सेछु,’ जुँगेले आफ्नो हाँसो रोक्न सकेन ।
साउनीकी छोरी बेलाबेला पुलुकपुलुक हेर्छे । भट्टी चाट्नेहरूको चहलपहल उस्तै छ । गिसालहरू ठर्राले भरिएका छन् । बाहिर भुङ्ग्रोमा सेकुवा पल्टाउँदै गरेको केटो घरि भित्र, घरि बाहिर गर्नमै ठिक्क छ । ऊमाथि ‘फुच्चे’को नारा लगाउने ग्राहक झिरमा उनेको सेकुवा फलाकिरहेका छन् ।
‘हस्, ल्याइहाल्छु,’ केटो घाँटी फुलाउँदै आगो कोइला फुक्न थाल्छ ।
आगो बल्न सकिरहेको छैन । मसालाका गन्ध मिसिएको धुवाँ नाकहरू चहारिरहेको छ ।
‘अँ…तँलाई कोठा जाने मन किन भैरहेको छैन रे ?’ जुँगे कसोकसो वीरेमाथि कोल्टियो ।
‘………..’ वीरे बोल्न आवश्यक ठान्दैन । बरु, ठर्रा निल्छ ।
‘ठूलै झगडा परो कि कसो ?’ पिलेटमा बचेको गेंडो भटमास टिप्दै जुँगे बोल्यो ।
‘तँलाई भनेर के फाइदा ? हल्लै बढी गर्छस्,’ वीरेलाई झनक्क रिस उठ्यो ।
जुँगे फेरि चुपचाप । एकपटक ‘भट्टी गफ’का क्रममा वीरेले जुँगेलाई कसिलो मुक्का हानेको थियो । जुँगे त्यही सम्झ्यो । वीरे रिसाएपछि ऊ शान्त भयो ।
‘तँ पनि झनक्क रिसाउँछस् के,’ जुँगे सुस्त बोल्छ ।
‘खै सितन भन्या ?’ रित्तो पिलेट देखाउँदै वीरे जुँगेतिर हेर्छ ।
‘ए…साउनी, खै हाम्रो ?’ जुँगे चिच्यायो ।
‘ए…मैले ट भुसुक्कै बिर्सेको, …एकैछिन है…,’ साउनी दंग पर्छे ।
‘खान पनि के खानु ? मनै छैन,’ अघिल्तिरको बारा रोटी देखेर वीरे दिक्क मान्छ ।
‘त्यसो भए रउसी खान त,’ जुँगे बारा टोक्दै भन्छ ।
‘बरु, तै ठीक छ, खै साउनी अर्को…,’ वीरे हत्केला उठाउँदै ठर्रा माग्छ ।
साउनीकी तरुनी छोरी मैलो जर्किनभित्रको ‘ठर्रा’ गिलासभरि खन्याएर काउन्टरमा लुसुक्क छिर्छे ।
‘यो नानी पनि हेर्दाहेर्दै तरुनी भई है †?’ जुँगेले भन्यो ।
‘के भनिस् ?’ वीरेको आवाज अनायास उचालिन्छ ।
कृत्रिम हाँसो उमार्दै जुँगे मूर्ति बन्छ ।
‘तँ नि खाए’सि मनपरी बोल्छस् के,’ वीरे सन्किन थाल्यो ।
‘भइहाल्यो नि त,’ जुँगे नम्र हुन खोज्छ ।

भट्टीको चहलपहल विस्तारै मत्थर हुँदैछ । साउनीकी छोरी माथिल्लो चोटा उक्लिसकेकी छे । बाहिर सेकुवा पड्काउने केटो सामान थन्क्याउने मेसोमा देखिन्छ । जुँगे पनि आफ्नो कोठातिर हिँडिसकेको छ । भट्टी साउनी कन्तुर खोतल्दैछे । वीरे लुसुक्क बाहिरिन्छ ।



आज बिहानै गाउँबाट सहरको कोठा आइपुगेकी जेठी श्रीमतीको ठुस्स अनुहार सम्झिँदै वीरे कान्छी बुढीको ‘घुर्की’ बुन्न थाल्छ, सुनसान सडकबीच तिर्मिराइरहेका तारासँगै लम्पसार परेर ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

साताका लोकप्रिय समाचार

फ्रान्ससँग क्रोसिया पराजित

पेरिस । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत फ्रान्सले क्रोएसियालाई हराएको छ । क्रोएसिया २–१ गोल अन्तरले पराजित भयो । गएराति भएको खेलमा फ्रान्सका लागि एन्टोनी...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

सुनाम, कुनाम वा बदनाम कुन रोज्ने ?

नामका पनि भेद छन् : कुनाम, सुनाम र बदनाम । जीवनकालमा समाज र राष्ट्रका लागि भलाइ हुने काम गर्ने व्यक्ति वा व्यक्तित्व प्रशंसनीय हुन्छन्...

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

ट्रेन्डिङ

बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ ।...

रुसले बनाएको कोरोना बिरुद्धको भ्याक्सिनको यस्तो छ विषेशता

एजेन्सी । रुसले विश्वमा सबै भन्दा पहिला कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गर्दै रजिष्टेशन गरेको छ । यति छिटो भ्याक्सिन बन्नुको मुख्य कारण वैज्ञानिकहरुको...

साथीका लागि खाद्यान्ह ल्याउछु भन्दै हिँडेका कैदी फरार

लमजुङ । लमजुङ जिल्ला कारागार शाखामा कैद भुक्तान गर्दै गरेका चौकीदार पदका एक कैदी बुधबार फरार भएका छन् । मध्यान्ह ४ बजे कारागार भित्रका...

देशभरका अदालत दुई साताका लागि बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
यो पनि पढ्नुहोस   पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे
शुक्रबार...

अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा...

भ्रष्टाचारीमाथि निर्मम र कठोर कदम चाल

राजनीतिक नेतृत्व भ्रष्टाचारमा डुब्दै जाने हो भने त्यसले शासकीय प्रणालीलाई नै पंगु र असफल पारिदिने निश्चित छ ।...

मल हाहाकार बर्सेनी उस्तै

काठमाडौं । मन्त्री घनश्याम भुसालले कृषि तथा पशुपंछी विकासको जिम्मेजारी सम्हालेको साढे ९ महिना भएको छ । भुसालले गत ५ मंसिर २०७६ देखि मन्त्रालयको जिम्मेवारी...

राजधानीमा पार्किङको सास्ती खोजीमा सहरी राज्यमन्त्री

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

धेरै पढिएका

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

माओत्सेको निर्देशनमा पुष्पको नयाँ भिडियो

काठमाडौं । अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

युभेन्ट्सलाई बोनस अंक

टुरिन । इटालियन फुटबल फेडेरसन (एफआईजीसी) ले नेपोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३–० को जित दिलाएर ३ अंक बोनस प्रदान गरेको छ । दुई खेलाडी र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)