Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थनेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

,
sharethis

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको छ भने शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।

चालू खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । बढी भित्रिए चालू खाता बचतमा हुन्छ, बढी बाहिरिए घाटा हुन्छ । शोधनान्तर मुलुक भित्रिने र बाहिरिने रकमबीचको फरक हो । बाहिरिनेभन्दा भित्रिने रकम बढी भएमा शोधनान्तर स्थिति बचतमा हुन्छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी १ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रहेको थियो ।

– आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.९ प्रतिशतले बढेको छ ।
– विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको छ ।
– शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा छ ।
– कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर रहेको छ ।
– संघीय सरकारको खर्च १ अर्ब ९५ करोड र राजस्व परिचालन ५८ अर्ब ८१ करोड छ ।
– विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो
– मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकामा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।

गत असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२ अर्ब २ करोड पुगेको छ ।।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा २०७७ साउन मसान्तमा १२ खर्ब ६० अर्ब ३८ करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकामा २०७७ साउन मसान्तमा १ खर्ब ७६ अर्ब ३६ करोड पुगेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८.१ प्रतिशत, १२९.७ प्रतिशत र ३३.८ प्रतिशत रहेको छ।

२०७७ असार मसान्तमा यी अनुपात क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

मूल्यवृद्धि घट्यो
२०७७ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ । मुद्रास्फीति भनेको मुद्राको अवमूल्यन हो । मुद्रास्फीतिको आधारमा वस्तुको मूल्य बढेको वा घटेको मूल्यांकन गरिन्छ ।

२०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तीजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको छ।२०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ ।समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमायी क्षेत्रमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।साउनमावार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि
साउनमाविप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । साउनमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत छ ।

तपाइको प्रतिक्रिया

(Visited 221 times, 1 visits today)

आजको समाचार

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

साताका लोकप्रिय समाचार

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

 देवीकाले ल्याइन् नयाँ गलबन्दी

काठमाडौं । डेढ दशकसम्म लोक दोहोरीमा आफुलाई समर्पण गरेपछि लोक गायिका देविका केसी क्यानडा गईन । उनी केही वर्ष देखि क्यानडामा बस्दै आएकी छन्...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

ट्रेन्डिङ

प्रदेश राजधानीको सडक बेहाल

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोकदेखि हस्पिटल लाइनसम्मको सडक खाल्डाखुल्डीले बेहाल भएको छ । वर्षायाममा पानीले परेका ठूला–ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने...

प्रतिनिधिसभा विघटन : यी न्यायाधीशको इजलासमा तोकियो पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)