हवाई जहाजबाट बाजुरा आएका शिक्षकमा कोरोना पुष्टि

बाजुरा । कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढीबाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलबार धनगढीदेखि बाजुरामा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा स्वाव संकलन गराए पनि बाजुरा पुगेपछि मात्र रिपोट आएर पुष्टि भएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि अहिले उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ भने सो हवाई जहाजमार्फत आएका अन्य शिक्षक र स्थानियलाई पनि घरमा सुरक्षित एकान्त वासमा वस्न भनिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीका अनुसार सोही जहाजमार्फत आएका स्वामीकार्तिक खापर गाउँपालिकाका अन्य ८ जनालाई घरमै आइसोलेसनमा वस्न आग्रह गरिएको बताएका छन् । हवाई जहाजमा सँगै आउँदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उनिहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन सूचित गरिएको उनले बताएका छन् ।

४ गतेबाट विद्यालय खुलेसँगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानियको भनाई छ । हवाई र सडक यातायात खुकुलो भएपछि मानिसको आउजाउ बढेकाले यसअघि कोरोनाका संक्रमित शून्य भईसकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. दयाकृष्ण पन्तले कारोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको र स्थानिय तहले स्वावको संकलन गरेर पठाउने ब्यवस्था गरेमा आफू धनगढीमै रहेकाले आवश्यक समन्वय गर्न सकिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित