सर्लाहीमा थपिए २२ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा शनिवार २२ जना कोरोना संक्रमित थपिएको छ । थपिएको कोरोना संक्रमितहरु बरहथवा नगरपालिका, बागमती नगरपालिका र हरिपुर नगरपालिकाको रहेको बरहथवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

आज थपिएको कोरोना संक्रमितहरु मध्ये सबैभन्दा बढि बरहथवा नगरपालिकाको १७ जना, बागमती नगरपालिकाको ४ जना र हरिपुर नगरपालिकाको १ जना रहेको बरहथवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक यादवले बताए । गएको ६ गते मंगलवार बरहथवा नगरपालिकाले बरहथवा, बागमती र हरिपुर नगरपालिका गरी १सय ४१ जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाएको थियो ।

जसमध्ये १ सय ३० जनाको रिपोर्ट आउँदा सम्म २२ जनामा कोरोना देखिएको र ११ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको निरीक्षक यादवले बताए । बरहथवामा थपिएको १७ जना कोरोना संक्रमितहरु मध्ये २ जना प्रहरी, ४ जना थुनुवा र बाँकी सबै स्थानिय रहेको बरहथवा नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी