बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई भेरी अस्पताल नेपालगंज लगिएको थियो । अस्पतालको कोभिड आइशोलेसनमा भर्ना हुन नपाउँदै उनको मृत्यु भएको भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । अग्रवाल सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख हुन् ।
योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)