तुलसीपुर । पश्चिम दाङमा अटो पल्टिँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –८ दुधेना निबासी १७ बर्षका डम्बर सेन, बबई गाउँपालिका–४ निबासी ३२ बर्षकी तारा वली र सल्यानको छत्रेश्वरी गउँपालिका–१ दमाचौर निबासी ६० बर्षका पारक सेन रहेको प्रहरीले जानकारी दिएको छ ।
घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । खिलतपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको अन्टेष्ट अटो तिब्र गतिका कारण अनियन्त्रीत भएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)