१९औं अनसनको तेह्रौं दिन : कस्तो छ केसीको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको शरीरमा क्यालसियम र म्याग्नेजियमको मात्रा घटेको छ । मांशपेशी र छाति दुख्ने, रिंगटा र झर्को लाग्ने तथा सुगरको मात्रा घट्दोक्रममा रहेको पाइएको छ ।

केसीका सहयोगी डा. तोसीमा कार्कीले सोडियम, पोटासियम, क्यालसियम, म्याग्नेजियमजस्ता तत्व घट्दै गएको बताइन् । जनरल वार्डको एनेक्स वानअन्तर्गत ५०१ नम्बरको बेडमा केसीलाई राखिएको छ ।

डा. केसीले १९औं अनसन सुरु गरेको शनिबारले १३ दिन बितिसकेको छ । जुम्लाबाट अनशन सुरु गरेका उनी गत साता मंगलबार काठमाडौं फर्किएका थिए ।

त्यस्तै, सोलिडारिटी फर डा. केसी अलायन्सले उनको जिवनरक्षा गर्न सरकारस“ग माग गरेको छ । सरकारले माग पूर्ति र जीवनरक्षा गर्न कुनै कदम नचालेको भन्दै अलाइन्सले आपत्ति जनाएको छ ।

‘डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउन तथा नागरिक अधिकारका लागि संघर्ष गर्न सम्पूर्ण जनसुमदायमा हार्दिक अपिल गर्दछौं,’ अलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउनुपर्नेलगायत माग केसीले राखेका छन् ।

सत्याग्रहमा भएका अधिकांश बुँदा सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको भन्दै केसीले अनशनलाई निरन्तरता दिएका हुन् ।

यसैबीच, अनशनरत केसीको पक्षमा शनिबार काठमाडौं माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘डा. गोविन्द केसीको जीवनरक्षा गर’, ‘लुटतन्त्र मुर्दावाद’, ‘हामी गोविन्द केसी,’ ‘तानाशाही तन्त्र मुर्दावाद’, ‘डा. केसीको अनशन, माफियालाई टेन्सन’लगायत नारा लगाएका थिए । केसी र सरकारबीच पटकपटक सम्झौता भए पनि त्यसका अधिकांश बुँदा कार्यान्वयनमा आउन सकेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली