काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखी सेल्फक्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा मिति १० असोजमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउदै सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक मुख्यलयले जनाएको छ ।