Monday, October 19, 2020
Home Breaking News निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका साथ जुटेने गर्थे । निकुञ्जमा बाघलगाएत अन्य वन्यजन्तु अवलोकन गर्न आउनका लागि अधिकाशं पर्यटन व्यवसायीहरुले देशविदेशका पाहुनाहरुलाई आमन्त्रण गर्न पनि भ्याइ सकेका हुन्थे । पर्यटकलाई आर्कषित गर्न पर्यटन व्यवसायीहरुले आर्कषक प्याकेज पनि बनाएर प्रचारप्रसार गर्ने गर्थे ।

पर्यटन व्यवसायीको आमन्त्रणलाई स्वीकार गर्दै केही विदेशी पर्यटकले निकुञ्ज अवलोकनका लागि होटल बुकिङ्ग समेत गरि सकेका हुन्थे । पर्यटकको सिजनको सुरुवातसँगै निकुञ्ज तथा पर्यटन व्यवसायीहरुमा खुशीयाली छाएको हुन्थ्यो । निकुञ्ज आसपासका क्षेत्रमा रौनकता बढ्ने गर्थ्यो ।

तर यसपटक भने निकुञ्ज क्षेत्र सुनसान छ । होटल, रिर्सोट सबै बन्द छन् । सिजनको मुखैमा आएर पर्यटन व्यवसायीहरुलाई गाँसमा ढुंगो परे झै भएको छ । पर्यटन व्यवसायीले यहाँ करिव साढे ३ अर्बको लगानी गरेका छन् । कोरोना महामारीका कारण विगत ६ महिनादेखि पर्यटन व्यवसाय ठप्प छ । जसका कारण उनीहरुको लगानी डुवेको छ ।

कोरोना संक्रमणका कारण पर्यटन व्यवसायीको करिव साढे ३ अर्बको लगानी डुवेको पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्राईले बताउँछन् । उनी भन्छन्,‘ कोरोना महामारीका कारण पर्यटन व्यवसायीको करिव ३ अर्ब रुपौँयाको लगानी डुबेको छ । पर्यटन व्यवसायीहरु ५० कारोड बराबरको बैँक ऋण तिर्न सक्ने अवस्थामा छैनन् ।’

तर यसपटक भने निकुञ्ज क्षेत्र सुनसान छ । होटल, रिर्सोट सबै बन्द छन् । सिजनको मुखैमा आएर पर्यटन व्यवसायीहरुलाई गाँसमा ढुंगो परे झै भएको छ । पर्यटन व्यवसायीले यहाँ करिव साढे ३ अर्बको लगानी गरेका छन्

पर्यटकिय सिजनको रैनकता सुरु नहुँदै पर्यटकिय क्षेत्र एकाएक सुनसान बन्दै गएपछि पर्यटन व्यवसायीमा निराशा भएका छन् । एक पछि अर्को गर्दै होटेल, रिर्सोटहरु बन्द हुँदै गएका छन् । फुल्न नपाउँदै आइलाएको विरुवा झै भएको यहाँको पर्यटन व्यवसाय फेरी कहिले फक्रेला भन्दै पर्खाइमा छन् पर्यटन व्यवसायी ।

विगतका वर्ष यो सिजनमा यहाँ पर्यटक खचाखच हुन्थे । पर्यटन व्यवसायी र नेचर गाइडलाई पर्यटकलाई निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । कोही जीप सफारी, कोही हात्ती सफारी त कोही पैदल वाकमा वन्यजन्तुको अवलोकन गरेर मख्ख हुन्थे । निकुञ्ज घुम्ने अधिकाशं पर्यटकले यो सिजनमा बाघ, गैँडा र हात्तीलगाएतका वन्यजन्तु सजिलै देख्थे ।

यो पनि पढ्नुहोस   कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

तर यतीखेर पर्यटकिय क्षेत्र ठाकुरद्धारा सुनसान छ । यहाँ कुनै पर्यटक छैनन् । निकुञ्जले जगल वाक, जीप सफारी, हात्ती सफारी लगाएतका सबै गतिविधी बन्द छन् गरेको छ । कोरोना संक्रमणका कारण पर्यटनसँग सम्वन्धित सबै गतिविधी बन्द गरिएका छन् ।

पर्यटकलाई लक्षित गर्दै ठाकुरद्धारा क्षेत्रमा धरै साना तथा ठूलो होटेल तथा रिर्सोटहरु खुलेका छन् । ठाकुरद्धारा क्षेत्रमा सानाठूला गरि करिव ३० वटा भन्दा बढी होटल तथा रिर्सोटहरु छन् । कोरोना महामारीले अहिले सबै होटेल तथा रिर्सोटका गेटमा ताला झुण्डिएका छन् । होटेल बन्द भएपछि यहाँ काम गर्ने करिव ३ सय कर्मचारी बेरोजगार भएका छन् । नेचर गाइडहरु होटलको कोठामा सिमित छन् ।

करोडौँ रुपैँया लगानी गरेर पर्यटक व्यसाय संचालन गरेका पर्यटन व्यवसायीहरु बढी यतीखेर चिन्तीत छन् । बैँकको ब्याज र किस्ता कसरी तिर्ने उनीहरुमा पिरलो छ । पर्यटकिय गतिविधी शुन्य हुँदा आफनो व्यवसाय धरासायी भएको बर्दिया एडभेञ्चर रिर्सोटका संचालक नरेश धमाला बताउछन् । कोरोना भाइरसका कारण पर्यटन व्यवसाय दयनिय अवस्थामा पुगेको धमलाको भनाई छ ।

बन्दाबन्दीका कारण पर्यटन व्यसायीहरुको लगानी चुर्लुम्म डुबेको छ । व्यवसाय धरासयी भएपछि राज्यलाई तिर्नु पर्ने कर पनि तिर्न सक्ने अवस्था नरहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मुलुकमा स्थिर सरकार भए पछि यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको थियो । विगतमा बन्द भएका रिर्सोट पनि केही वर्षयता संचालनमा आएका थिए । केही नयाँ पनि थपिएका छन् । तर कोरोना भाइरसको महामारीले पुनः पर्यटन व्यवसायलाई ठूलो धक्का लगाएको पर्यटन व्यवसायी एवं गैँडा क्याम्प रिर्सोटका संचालक रामजी थापा बताउँछन् ।

सरकारले बैँक ब्याज मिनाहा गर्न नसकेपनि ब्याज र किस्ता तिर्ने समय अवधी बढाई दिए पर्यटन व्यवसायीलाई निकै राहत हुने पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्राईको भनाई छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...

आजको समाचार

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

साताका लोकप्रिय समाचार

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसंग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि...

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

जनकपुरधाम । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन ।...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई...

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ...

चितवनमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या उच्च

चितवन ।  समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत...

ट्रेन्डिङ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार ३००

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै...

सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउने अत्याधिक

इटहरी । प्रदेश १ को ठूलो जिल्लाका रुपमा चिनिने सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउँनेको संख्या दिनानुदिन बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा...

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको...

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

सउल । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर...

कोरानाभन्दा खतरनाक जातीय भाइरस

देशले कोरोना भाइरसको सामना गरिरहँदा त्योभन्दा खतरनाक जातीय विभेदको भाइरस आइलागेको छ । रुकुम पश्चिमको घटनाले मानिसको आङ सिरिङ्ग मात्रै होइन, मस्तिष्कसमेत खल्बल्याएको छ...

थप २६३८ जनामा कोरोना पुष्टि, उपत्यकामा १४०३ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार...

का‌ंग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडाै‌ ।  प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको...

भरतपुर र बुटवलमा संक्रमितको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला र बुटवलको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । भरतपुरमा मृत्यु हुनेमा ४० वर्षीया...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

अन्योलमा ओली, दाहाल र प्रदेश पदाधिकारी छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र कर्णाली प्रदेश पदाधिकारी छलफल अन्योलमा परेको छ । कर्णाली प्रदेश...

प्रहरी चौकी इन्चार्ज हत्या : शंकास्पद ११ जना नियन्त्रणमा

धनगढी । कैलालीमा गस्तीमा गएका एक जना प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक घाँटी रेटेको अवस्थामा फेला परेका छन् भने उनीसँगै गएका एक जना...

सलमानले सके राधेको छायांकन

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफूहरूले कोरोनाबाट पूर्ण सुरक्षित हुँदै फिल्म राधेको छायांकन सम्पन्न गरेको बताएका छन् । मुम्बईमा लकडाउन केही खुकुलो भएपछि...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

आईपीएलः दिल्ली शीर्ष स्थानमा

(Visited 80 times, 1 visits today)