Saturday, October 24, 2020
Home प्रदेश प्रदेश ३ लकडाउन खुलेसँगै नेकपा सिन्धुपाल्चोकको राजनीतिक गतिविधि सुरु

लकडाउन खुलेसँगै नेकपा सिन्धुपाल्चोकको राजनीतिक गतिविधि सुरु

अन्य पार्टी छाडेर २ सय नेकपामा आए

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले देशव्यापी रुपमा गरेको लकडाउन खुल्ला भएसँगै सिन्धुपाल्चोकमा राजनीतिक गतिविधिहरु पनि छिटफुट रुपमा सुरु भएको छ । सामाजिक दुरी र स्वास्थ्य सचेतनासहित बन्द कोठाभित्र नेकपा सिन्धुपाल्चोकले भेला, छलफल तथा बैठकहरु आयोजना गरेर कोरोनापछि शिथिल रहेको राजनीतिक कार्यक्रमहरुलाई चलायमान बनाउन सुरु गरेको हो ।

‘स्वास्थ्य सचेतना अपनाएर अब विस्तारै पार्टीको कामलाई नियमित गर्ने योजना बनाएका छौं’, नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले भने । कोरोना, प्राकृतिक विपत्तीलगायतका कारण सिन्धुपाल्चोक समस्यामा भएपनि नेकपाका कार्यकर्ताहरु यस्ता विपत्तीमा अग्रभागमा रहेर समस्यामा परेकाहरुलाई सहयोगमा खटिइरहेको अध्यक्ष नेपालले बताए ।

‘हामी सीमित घेरा भित्र बसेर पार्टीको नियमित काम गर्दे आएका थियौं । अब केही फराकिलो बनाउने योजनाका साथ सबै कार्यकर्ताहरु परिचालन गरेका छौ’, नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले भने । ‘स्वास्थ्य सचेतना पनि सँगै फिजाउने र राजनीतिक कामलाई पनि सँगै लिएर बस्ती सम्म पुग्ने अभियान हामीले बनाएका छौं’, केन्द्रीय सदस्य सापकोटाले भने ।

नेकपाको अभियान अन्र्तगत नै बाह्रविसे नगर कमिटीको आयोजनामा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम आइतबार बाह्रविसेमा सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य एवम वागमती प्रदेशका पर्यटन, उद्योग, वन तथा वातवरण मन्त्री अरुण नेपाल, नेकपा वागमती सचिवालय सदस्य सरल सहयात्री, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिनलगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

बाह्रविसेमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी २ सय बढी नेकपामा प्रवेश गरेका नेकपा जिल्ला सदस्य समेत रहेका बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । बाह्रविसे नगरपालिकाका सबै वडाबाट सयौको संख्यामा पार्टी प्रवेश गर्नेहरु भएपनि कोरोनाका कारण अहिले थोरै संख्यामा मात्रै प्रवेश गराएको मेयर शेर्पाले जानकारी दिए ।

‘बाह्रविसे नगरपालिकामा नेकपाले स्थानीय चुनाव जितेपछि गरेका राम्रा कामका कारण अन्य पार्टी छाडेर नेकपामा प्रवेश गर्नेहरुको लहर नै सुरु भएको छ’, मेयर शेर्पाले भने । अब क्रमश नेकपामा प्रवेश गर्नेहरुलाई बस्ती बस्तीमा नै पुगेर नेकपामा प्रवेश गराउने योजना रहेको शेर्पाले बताए । ‘हामी बाह्रविसे नगरपालिकामा निर्वाचीत भएर आएपछि धेरै काम गरेका छौं । बाँकी दुइ वर्ष पनि धेरै कामका योजनाहरु अघि बढीसकेका छन्’, मेयर शेर्पाले भने –सरकारको काम र पार्टीको कामलाई फरक–फरक रुपमा अघि बढाएका छौ ।’

यो पनि पढ्नुहोस   अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

वागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले बाह्रविसे क्षेत्रमा प्राकृतिक विपत्तले ठुलो क्षति बनाएको र यस्तो विपत्तीको बेलामा पनि स्थानीयलाई नेकपाका नेता कार्यकर्ताहरुले आफ्नो ज्यानको बाजी लगाएर सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

मन्त्री नेपालको निर्वाचन क्षेत्र समेत रहेको बाह्रविसे लगायतका आसपासका क्षेत्रमा आफ्नो मन्त्रालयबाट धेरै कामहरु भएको बताए । गत वर्ष मन्त्रालयबाट बाह्रविसे बजारलाई नदीबाट बचाउनका लागि तार जाली लगाएको र त्यो काम नगरेको भए यो वर्ष बाढीले बाह्रविसे बजारलाई समस्या बनाउन सक्ने रहेछ नेपालले भने । यो वर्षपनि नदी नियन्त्रण, खेल मदान, पार्क, सडकलगायतका कामका लागि पर्याप्त बजेट विनियोजन भएको मन्त्री नेपालले बताए ।

नेकपाका युवा नेता सरल सहयात्रीले अरु पार्टी र नेकपा बिच फरक हुनु पर्ने बताए । उनले अब सबै पार्टीमा विगतको जस्तो विकासमा सहकार्य गरेर जाने संस्कृति अन्त्य भएको र सामान्य कामका लागि पनि सरकारको नै मुख ताक्ने अवस्था आएकोमा अब नेकपाका युवा नेताहरुले त्यस्ता कामको नेतृत्व गर्नुपर्नेमा जोड दिए । नेपाली काग्रेस परित्याग गरेर नेकपाम प्रवेश गरेकाहरुले आफुहरु नेकपाले गरेको विकास निर्माण, विपत्तीमा सधै जनताको साथमा रहेकाले नेकपामा प्रवेश गरेको बताए ।

(Visited 694 times, 1 visits today)
Loading comments...

आजको समाचार

४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

साताका लोकप्रिय समाचार

स्वास्थ्यको बढ्दो संकटप्रति कहिले सचेत ?

महिनाैको लकडाउन र निषेधाज्ञाका बाबजुद कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार नराम्ररी चुकेकाले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको पारो यति तीव्र...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

ट्रेन्डिङ

साझा पार्टीको प्रश्न : सरकारले गोबिन्द केसीलाई मार्न आाटेको हो ?

काठमाडौं । डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टीले...

मास्क नलगाउने ६४ पक्राउ

लहान । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा...

फूलबुट्टे सारी…अनामिकाको छमछमी

काठमाडौं । यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी...बिहीबार रिलिज भएको छ । जसमा विन्दु परियारको स्वर, शान्तिप्रियको शब्द र सुदीप...

अबैध पोलिक्लिनिकमा सुत्केरीको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध किसिमले अपे्रसन थिएटर सञ्चालन गरिरहेको एक पोलिक्लिनिकको लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको छ । शल्यक्रियाको अनुमति नै नपाएको...

मन्त्रीलाई थाहै नदिई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई

काठमाडौं । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरणलगायतका सामग्री नेपाली सेनालाई खरिद गर्न दिने मन्त्रिपरिषद्को निर्णयप्रति क्याबिनेटका मन्त्रीले...

भदौ १ गतेदेखि विद्यालय भर्ना सुरु, लामो दुरीका यातायात सञ्चालन हुने

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि नयाँ शैक्षिक...

कार्यालय सहयोगीको हातको जुश पिएर सत्याग्रह स्थगित (फोटोफिचर)

काठमाडौं । डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित गरेका छन् । गएराति सरकार र डा. केसीबीच आठबुँदे सहमति भएपछि आइतबार बिहान सत्याग्रह...

लकडाउन बढ्ने सङ्केत, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

धरानमा थप एक संक्रमितको होम आइसोलेशनमा मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)