Wednesday, October 21, 2020
Home राजनीति भागबन्डामै अल्झियो सरकार परिवर्तन

भागबन्डामै अल्झियो सरकार परिवर्तन

प्रशासनिक कामकारबाही प्रभावित

काठमाडौं । महत्वपूर्ण मन्त्रालयको भागबन्डामा किचलो हुँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि भागबन्डामा सहमति हुन नसक्दा पुनर्गठनमा ढिलाइ भएको हो ।

पुनर्गठनबाट हट्न सक्ने सम्भावना रहेका केही मन्त्रीहरू मन्त्रालय आउन छाडेका छन् जसका कारण मन्त्रालयको प्रशासनिक कामकारबाहीसमेत प्रभावित हुन पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अध्यक्षद्वय ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भए पनि सहमति हुन सकेन । नेकपा स्रोतका अनुसार महŒवपूर्ण मानिएका मन्त्रालयका विषयमा भागबन्डा अझै मिलेको छैन । दुवै अध्यक्षले महŒवपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाइ भएको स्रोतको दाबी छ ।

‘दुवै अध्यक्षले महŒवपूर्ण मन्त्रालयमा दाबी गर्दै आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेका छन्,’ नेकपा स्रोतले भन्यो, ‘कसलाई हटाउने र कसलाई ल्याउने विषयमा समेत सहमति हुन सकेको छैन ।’

नेकपाको सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारलाई अझै प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेछ । पार्टीको निर्णयअनुसार अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठनको अन्तिम तयारीमा रहेका हुन् । सचिवालय बैठक यता ओली र दाहालबीच भेटघाट एवं छलफल जारी नै रहेकाले केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको दाबी छ ।

‘अध्यक्षद्वयबीचमा छलफल जारी नै छ, सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा उहाँहरू हुनुहुन्छ,’ वालुवाटार स्रोतले भन्यो, ‘केही दिनभित्रैमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

गत मंगलबारको सचिवालय बैठकमा सरकार पुनर्गठनका बारेमा छलफल भएको थियो । त्यसअघि स्थायी कमिटी बैठकले समेत सरकार पुनर्गठन गर्ने निर्णय गरिसकेको छ । गत बिहीबारदेखि अध्यक्षद्वय ओली र दाहालबीच भएको पटकपटकको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफल भए पनि भागबन्डाकै किचलोका कारण सहमति हुन सकेको छैन ।

यो पनि पढ्नुहोस   संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल

खुमलटार स्रोतका अनुसार सरकार पुनर्गठनबारे सचिवालय र स्थायी कमिटी बैठकमा विस्तृत रूपमा छलफल भएपश्चात् केही विषयलाई मिलाउँदै टुंगो लगाउने प्रयास जारी छ । सरकारको काम अझै प्रभावकारी बनाउन सोही अनुसार अघि बढनुपर्ने भएकाले केही ढिलाइ हुन गएको हो । तर, केही दिनमा नै पुनर्गठन गरेर अघि बढ्ने तयारीमा ओली र दाहाल रहेको बताइएको छ ।

प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजिनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीलाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठन गर्नेलगायतका विभिन्न प्रस्तावबारे छलफल जारी रहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी विभिन्न प्रस्तावबारेमा छलफल गरे पनि कुन मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमति हुन सकेको छैन ।

‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

हालै सम्पन्न सचिवालय बैठकले सरकार पुनर्गठनबारे छलफल गरेको थियो । साथै लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्न, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा ठोस प्रस्ताव तयार गर्न भन्दै पार्टी अध्यक्षद्वय ओली र दाहाल, महासचिव विष्णु पौडेललाई १० दिनको समय दिएको छ । स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार ओली र दाहाल त्यसैका लागि आन्तरिक तयारीमा जुटेको बताइएको छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

साताका लोकप्रिय समाचार

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२...

उच्च अदालतको ८४ न्यायाधीश सरुवा सिफारिस

काठमाडौं । न्यायपरिषद्ले देशभरका उच्च अदालतमा कार्यरत ८४ न्यायाधीश सरुवा सिफारिस गरेको छ । परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीहरूको सरुवा गर्नेछन् । न्यायपरिषद्को...

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो ।...

घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख । गएको सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत...

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–०...

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौँ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक...

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

लस एन्जलस् । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार...

यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छः अध्यक्ष प्रचण्ड

ललितपुर । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...

अपहरणमा संलग्न ८ पुरुष ५ महिला पक्राउ

जनकपुरधाम, २९ फागुन । अपहरणमा परेकी धनुषाकी एक १४ वर्षिया युवतीलाई प्रहरीले आज उद्दार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५...

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल...

कालोबजारी र जम्माखोरीविरुद्ध आक्रामक बन्दै प्रशासन

काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कालोबजारी, नाफाखोरी र जम्माखोरीविरुद्ध प्रशासनले आक्रामक कारबाही थाल्ने भएको छ । महाविपत्तिको समयमा कालोबजारी बढ्न...

चार महिनामा उत्पादन गरेको तरकारीले वर्षदिनको घर खर्च

इलाम । इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा...

उदयपुरमा १७ हजार घुस लिएको आरोपमा वनका ६ कर्मचारी पक्राउ, २ फरार

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले उदयपुरका दुई वन अधिकृत सहित ६ जनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । सप्तकोशी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

जनताको जीवन रक्षा गर

सबैको घरदैलो नजिकै आइसकेको दसैंको रहर कोरोनाको कहरले नमीठो र निरस बनाइदिएको छ । जनस्वास्थ्यको विषय निकै जटिल बन्दै गइरहेको छ । जनताले महामारीका...

‘गोल्डेन ब्वाइ अवार्ड’को मनोनयन सार्वजनिक

विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाइ अवार्ड’का लागि अन्तिम २० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । इटालियन सञ्चारमाध्यम...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   ७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

(Visited 80 times, 1 visits today)