Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

,

काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतिबन्ध गरिएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । यसअघि विभागले गुणस्तरहीन भएको भन्दै भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका नौ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

कतै जलाशय किनार, कतै घरकै छतमा चैती छठ मनाइदै

सप्तरी, राजविराज । कोरोनाको त्रासका बीच आइतबार ब्रतालु र श्रद्धालु नजिकैको जलाशयमा पुगि चैती छठ पर्वमा सहभागि भएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट...

पाँचथरमा साहित्यिक बहस

पाँचथर । कला र साहित्यको उर्वरभूमि पाँचथर सदरमुकाम फिदिममा दुई दिनसम्म साहित्यमाथि बहस भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नौलो साहित्य बिहान समाज...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

ट्रेन्डिङ

काेराेनाबाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

जेनेभा (रासस/एपी/सिन्ह्वा/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर...

पाँच गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल

तुलसीपुर । पाँच गोली लागेको अवस्थामा तुलसीपुर एक व्यक्ति फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुशलराम पौडेल...

कोरोना संक्रमित बलिउड संगीतकार वाजिदको निधन

मुम्बई । कोरोना भाइरसका कारण बलिउडमा पछिल्लो पुस्ताका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । केही वर्षयता मिर्गौला समस्याले पीडित उनमा एक साताअघि...

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत...

अन्नपूर्ण चिनी उद्योगका मालिक अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी

सर्लाही । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम...

परशुरामबाट भागेका संक्रमित पुन: आइसोलेसनमा

डडेल्धुरा । परशुराम नगरपालिका सिल गर्ने निर्णय गरेकै दिन शनिबार राति ८ जना संक्रमित आइसोलेसन वार्डबाट भागेका थिए । परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ...

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधपछि बैठक बुधबारसम्मका लागि स्थागित भएको छ । संवैधानिक परिषद्को काम, कार्यव्य र...

करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

मुम्बई । आफ्नो परिवारबाटै फिल्मी क्षेत्रमा आएका बलिउड कलाकारहरूले यतिबेला एकपछि अर्को गर्दै नातावादको आरोप खेप्नुपरेको छ । यसैक्रममा बलिउड अभिनेत्री करिना कपुरले फिल्म...

प्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

काठमाडौँ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको...

ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका...

भारतको आनीबानी

नेपालमा १ सय ४ वर्ष राणाको एकछत्र शासन चल्यो । राजा महेन्द्रको पञ्चायती व्यवस्थाले ३० वर्ष कटायो । राणाकालमा राणाको हैकम र पञ्चायत कालमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)