१३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ८० जनाको पिसिआर परीक्षणमा १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.१ प्रतिशत हो । देशभर १९ हजार ६२४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ३१० जना छन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४८१ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित