Saturday, October 24, 2020
Home बिचार भाषिक अस्मिताको संरक्षण

भाषिक अस्मिताको संरक्षण

भाषा र देशलाई माया गर्नुपर्छ भन्ने कुरा कसैको दबाब र प्रभावमा आधारित हुँदैन । हरेक देशले आफ्नो मातृभाषा र राष्ट्रभाषाप्रति गौरव गर्छ किनकि भाषासँग मातृममता जत्तिकै गहिरो सम्बन्ध गाँसिएको हुन्छ । भाषिक अस्मिता रक्षामा उत्पन्न हुने जागरण भित्री हृदयमा स्थित भावनामा कसिलो हुनुपर्छ । मातृभाषा वा राष्ट्रभाषाको अपनत्वलाई अदालतको नियमले बाँध्न चाहेर पनि बाँधिँदैन । लोकतान्त्रिक देशमा भाषिक राष्ट्रवाद र भाषिक गरिमा प्रयोक्ताको स्वीकारोक्ति र जनअभिमतमा आधारित हुन्छ ।

नेपालको संविधान २०७२ अन्तर्गत धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरिएको छ । मातृभाषा वा राष्ट्रभाषामा गर्व गर्न पाउने हाम्रो बहुभाषिक गरिमालाई संविधानले प्रस्ट पारेको छ । देशको प्रशासनिक, आर्थिक, राजनीतिक क्षेत्राधिकारमा मात्रै नभएर सार्वजनिक क्षेत्रमा पनि यो संवैधानिक मान्यतालाई ख्याल गरिनु अपरिहार्य छ । यसको विपरीत नेपालको सम्मानित अदालतबाटै सवारी साधनमा प्रयोग हुने विद्युतीय संकेताङ्क चिह्न पाटी (इम्बोस्ट नम्बर प्लेट)मा रोमन लिपिमा लेखिने अंग्रेजी भाषाको प्रयोग गर्न भनी गरिएको निर्णयले आज भाषिक गरिमा रक्षामा चुनौती बढाएको छ ।

हालसम्म प्रयोग भइरहेको देवनागरी लिपिमा लेखिने नेपालको माध्यम भाषामा अक्षरको आकार एउटै नहुने र अंग्रेजी भाषाको चिह्न पाटी (नम्बर प्लेट) प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुने लगायतका अदालतका तर्कहरू अन्तर्राष्ट्रिय परिवेशमा प्रयोग भइरहेका अभ्यासका आधारमा पनि वैज्ञानिक र प्रामाणिक छैनन् । विश्वमा चीन, भारत, जापान, भुटान, श्रीलंका, बंगलादेशलगायतका धेरै देशले आफ्नै भाषामा विद्युतीय संकेताङ्क चिह्न (इम्बोस्ट नम्बर) राखिरहेको यथार्थलाई किमार्थ भुल्न मिल्दैन ।

२०७४ भदौ ५ गतेबाट साबिकको बागमती अञ्चलले आधुनिक र प्रभावकारी मानिएको विद्युतीय संकेताङ्क चिह्न पाटी (इम्बोस्ट नम्बर प्लेट)लाई अदालती निर्णयानुसार नै वितरण गर्ने कार्यको थालनी गरेको थियो । सोही समयमा भरत बस्नेतद्वारा यस कार्यका विरुद्धमा मुद्दा दायर गरियो । २०७४ फागुन १० गते बस्नेतको रिटमा आवश्यक छलफलका लागि विपक्षीलाई बोलाएर तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अंग्रेजी भाषाको विद्युतीय संकेताङ्क चिह्न (इम्बोस्ट नम्बर) प्रयोगलाई रोक्न भनी अन्तरिम आदेश दिएको थियो । यसपछि यातायात व्यवस्था विभाग पनि यस कार्यलाई रोक्न बाध्य भएको थियो ।

विदेशी नाम जोडेर गरिएका अनुसन्धानमा मात्रै आकर्षित हुने प्रवृत्तिले भाषिक अस्मितामाथि प्रश्न उठेको छ

उक्त समयमा ‘अंग्रेजीमा नै किन राख्ने’ भन्ने तर्क पेस भएको थिएन । तथापि, नेपाली भाषालाई माया गर्नेहरूले सोही समयमा यो निर्णय सच्याउन व्यापक रूपमा दबाब दिएकाले अदालत पछि हटेको कुरा जगजाहेरै छ । सो कुरालाई पुनः उल्ट्याएर अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच जनाको पूर्ण इजलासद्वारा उक्त रिटलाई खारेजी गरियो । हाल आएर अंग्रेजी भाषालाई नै राख्नुपर्ने कारण देखाएर अदालतले निर्णय गरे पनि यसले तत्कालीन समयमै उठेको ‘नेपाली भाषामाथि अतिक्रमण हुनुहुँदैन’ भन्ने मर्मलाई उपेक्षा गरेको छ । फलतः यो अदालती निर्णय नेपाली भाषा र राष्ट्रियताको गरिमा बाहिर रहेर माध्यम भाषालाई उपेक्षा गर्ने तर विदेशी भाषालाई सहज छ भन्दै उपयोग गर्नेगरी भएको हुँदा यसले संवैधानिक मर्यादालाई बेवास्ता गरेको स्पष्टै छ ।

हामीलाई विदितै छ, भारतको सिक्किम प्रदेशका मुख्यमन्त्री गोलेले ‘मातृभाषा विश्वका सबै समाजको जीवन भएकाले राष्ट्रियताको महŒव राष्ट्रभन्दा ठूलो हुने’ भन्दै भाषिक राष्ट्रवादलाई कायम गर्ने गरी नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउँदा खुसी व्यक्त गर्नुभयो । यो विषयले नेपालमा पनि व्यापकता नपाएको होइन । मूलतः नेपाल, भारत, भुटान, म्यानमार लगायतका देशसहित विश्वभरिमा झन्डै ४ करोड मानिसको मातृभाषाका रूपमा रहेको नेपाली भाषाले वर्तमान सन्दर्भमा विश्वव्यापीकरणको गरिमा कायम राखिरहँदा आम नेपालीलाई गौरव हुनुपर्ने हो । भारतको संविधानको आठौं अनुसूचीमा रहेका २१ वटा भाषाभित्रकै एक भाषामा स्थान कायम गरेको नेपाली भाषालाई त्यहाँ वीरताको प्रतिबिम्ब पनि त मानिन्छ । तर, आफ्नै देशमा आज आफ्नै राष्ट्रभाषालाई न्याय गरियोस् भन्दै न्याय दिने सम्मानित अदालतको निर्णयमा नै आपत्ति जनाउन हामी विवश छौं । यो हास्यास्पदभन्दा पनि बढी दुःखद् घटनाक्रम बनेर उभिएको छ ।

त्यसो त नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रधानमन्त्रीसमक्ष नै यो सुधारको प्रस्ताव राख्नुभएपछि प्रधानमन्त्रीबाट नेपालीमा नै राख्न पहल गर्ने आश्वासन दिनुभएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, विभिन्न क्याम्पसका नेपाली विभाग, विभिन्न भाषाप्रेमी र निकाय तथा नेपाली केन्द्रीय विभागअन्तर्गत दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीलगायत विभिन्न क्षेत्रबाट जोडदार माग अघि आएको छ । यस्तै गरेर अलंकार प्रतिष्ठानलगायतका साहित्यिक मञ्चादिबाट पनि यसमा सुधार र सुझाव पेस भएका छन् । त्रिवि कीर्तिपुरका नेपाली भाषा शिक्षा समूह (२०६८–६९) का २ सय बढी पूर्वविद्यार्थीका तहबाट अदालती निर्णय सुधार्न गर्नेगरी द्विभाषिक तथा त्रिभाषिक नीति अवलम्बन गर्न सुझाइएको छ ।

यो पनि पढ्नुहोस   सचेततापूर्वक दसैं मनाऔं

अहिले विद्युतीय संकेताङ्क चिह्न पाटी (इम्बोस्ट नम्बर प्लेट)को सवाल त घोषित सन्दर्भ भएकाले चर्चामा आएको छ । नेपालमा अधिकांश सूचना पाटी, पसलका विज्ञापन, विद्यालय, विश्वविद्यालयका नाम, इमेल, सूचना प्रसारणलगायतका हरेक गतिविधिमा अंग्रेजी भाषाको प्रभावले नराम्रोसँग जरो गाडिसकेको छ । वास्तवमा विमानस्थलमा यात्रा गर्नेहरू सबै अंग्रेजी भाषामा पोख्त हुन्छन् भन्ने हुँदैन । अल्पसंख्यक विदेशीका लागि भनेर बहुसंख्यक नेपाली माथि भइरहेको भाषिक अधिकार हननको विषयमा राज्य बेखबर देखिन्छ । बरु त यस विषयमा पहिला माध्यम भाषा र कोष्ठकमा अंग्रेजी भाषाको प्रयोग गर्नु सान्दर्भिक र वैज्ञानिक हुन्छ । कोरोना महामारीको वर्तमान सन्दर्भमा प्रयोग भइरहेका ‘लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम आइसोलेसन, कोभिड–१९’ लगायतका थुप्रै अंग्रेजी शब्द निस्फिक्री सञ्चारमाध्यममा प्रयोग भइरहेका छन् ।

विदेशी भाषाका शब्दले महामारीमा समेत छोडेन । वास्तवमा यस्ता शब्द तथा पदावलीलाई नेपालीमा कसरी प्रस्तुत गर्ने भन्ने सवाललाई नेपाली भाषाविज्ञहरूको समूहद्वारा नामकरण गरी एकरूपता दिलाउनका लागिसञ्चार र विज्ञ सञ्जालको समन्वय हुनु अत्यावश्यक छ । यस कार्यमा आधिकारिक रूपमा गोरखापत्र राष्ट्रिय दैनिकमार्पmत प्रकाशन गरी सबैले प्रयोग गर्ने नीति तर्जुमा गर्नु सान्दर्भिक हुन्छ ।यिनमा सायदै यदाकदा चासो देखाइए पनि चर्चित सञ्चार माध्यमले नै नेपालीकरणमा ध्यान नदिएको यथार्थ हामी माझ छ । के हाम्रो नेपाली भाषा यति धेरै गरिब हो त ! यति मात्रै नभएर नेपाली भाषाको प्रयोगमा स्थानीय सरकारका सूचनामा अशुद्धिको चाङ भेटिन्छ । मातृभाषाको उपेक्षा भएका सन्दर्भ तथा जबर्जस्ती अंग्रेजी सिकाउने पद्धतिलाई रोक्नुपर्ने कुरामा त राज्य झनै मौन छ ।

नेपालीपन भित्रका व्यावहारिक सन्दर्भ र जीवनोपयोगी विषयलाई छायामा पारेर हामीले आफ्नो पहिचानलाई जोगाउनै सक्दैनौं । नेपालको जनगणाना वि.सं. २०६८ अनुसार ४४.६३ प्रतिशतको मातृभाषा नेपाली हो तथापि सबै नेपालीलाई एकै सूत्रमा बाँध्ने साझा सम्पर्कको माध्यम भाषा पनि नेपाली नै हो । अहिले मानिसलाई विज्ञान प्रविधिका सामग्रीसँग रमाउन अंग्रेजी भाषाको आवश्यकता परे पनि तिनलाई सकेसम्म नेपालीकरण नगरिनु र राज्य तथा सम्बन्धित निकायबाटै यसमा चासो नदेखाउनु दुःखद कुरा हो । भाषिक राष्ट्रवादलाई कमसेकम कायम राख्न तत्तत् निकायद्वारा कदम चालिनु अहिलेको अपरिहार्य आवश्यकता हो ।

नेपालमा कथिक बौद्धिक वर्गको मथिंगलमा अंग्रेजी भाषाको मोह टम्म भरिएको कुरा अस्वीकार्य होइन । वस्तुतः नेपालमा बढ्दो अंग्रेजी आकर्षणले ‘भारतमा अंग्रेजको उपनिवेशको प्रभावमा हिन्दी भाषा नै धराशायी बनिरहेको’ भन्दा पनि गहिरो प्रभाव छाड्दै गइरहेको छ । नेपाली रैथाने ज्ञानभित्रको विज्ञानलाई खोज्न नचाहने, विदेशी नाम जोडेर गरिएका अनुसन्धानमा मात्रै आकर्षित हुने, नेपाली दर्शन र ज्ञानको सारलाई बिर्सने डलरमुखी आकर्षणको सिकारमा भोलिको पुस्ता पर्दै जाने कुरालाई बेलैमा सोच्नुपर्छ । ज्ञान आखिर पूर्व र पश्चिमको सीमाले बाँधिएको हुँदैन । बरु त ज्ञानको सम्मिश्रणबाट नवीनताको खोजी हुनुपर्ने हो ।

वस्तुतः नेपालमा अहिलेको समयमै हेर्ने हो भने भाषाका बारेमा दखल राख्ने एउटा प्रकाण्ड विद्वान्हरूको राम्रो पुस्ता छ । तथापि, नेपाली भाषा तथा मातृभाषाको विकासमा त्यो बौद्धिक जमात एउटै भाषिक राष्ट्रवादको झण्डामुनि गोलबद्ध भएर नलाग्नुको परिणति नवपुस्ताले पनि भोगिरहेको छ । यो जुँगाको लडाइँ र प्रतिशोधका कारण गुमिरहेको भाषिक प्रतिष्ठालाई आगामी पुस्ताले मूल्यांकन गर्नेछन् । यस कुरामा त्यो बौद्धिक समूह चिन्तित हुनुपर्ने हो । भाषिक विकास तथा भाषिक समस्याको हल गर्नका लागि भाषा आयोगदेखि नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका सबै बौद्धिक वर्ग, सञ्चारमाध्यम, मातृभाषासम्बद्ध निकाय निष्पक्ष रूपमा एक सूत्रमा बाँधिनु अहिलेको आवश्यकता हो ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

पत्रकार भुवन केसी अर्थमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त

 काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट...

राराको सौन्दर्य निखादै नेपाली सेना

मुगु । बिश्वभर फौलिएको कोरोना भाईरसका कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटक आउन थालेका छन् । यहि बेला नेपाली सेनाले...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

ट्रेन्डिङ

यसो गरेमा कोरोनाबाट बच्न सकिन्छ

काठमाडौं । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा तीन हजार बढीको मृत्यु भैसकेको छ भने विभिन्न मुलुकमा गरेर ८५ हजारबढी संक्रमित छन् । विश्वस्वास्थ्य संगठन...

कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय...

अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ...

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन ।...

सुधारको बाटोमा शिक्षा मन्त्रालय

अन्ततः सरकारले अघिल्लो साता कक्षा १० को अन्त्यमा लिइने वार्षिक परीक्षा एसईईको बारेमा टुंगो लगाएर लाखौं विद्यार्थीको अन्योलग्रस्त भविष्यको छिनोफानो गरेको छ । गत...

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सार्वजनिक सवारी...

दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने

दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको...

आइसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबारअमेरिकाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

कोरोना संक्रमणबाट आज थप ३ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बिहीबार नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एकएक जनाको मृत्यु भएको...

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

चितवनमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)