Thursday, August 5, 2021
Homeप्रदेशकलाकार स्व. मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’

कलाकार स्व. मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’

,
sharethis

काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ ।

उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा सङ्ग्रहीत छन् । मिश्रका विभिन्न निबन्धसङ्ग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए । ‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ,’ न्यौपानेले भने, ‘उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ । जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पु-याउँछन् ।’

मनुजबाबु मिश्र एक परिचित नेपाली निबन्धकार रहेको प्राध्यापक एवम् लेखक अभि सुवेदीले बताए । ‘उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ । एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्,’ सुवेदी भन्छन्, ‘त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ ।’

मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको सुवेदीको भनाइ छ ।

एक महान् कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय रहेको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए । ‘मिश्र एक महान् कलाकार हुन्, उनका चित्रकला जति जीवन्त छन्, निबन्ध पनि उत्तिकै प्रभावशाली छन्,’ उनले भने, ‘मिश्रले भोगको समाज, त्यति बेलाको विश्व एवम् विविध विषयलाई अहिलेको पुस्ताले पढ्नुपर्छ भनेर यो पुस्तक प्रकाशनमा ल्याएका हौं ।’

मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । मिश्रको यो निबन्धसङ्ग्रहमा जीवनजगत्का विविध पक्षलाई सटीक ढङ्गले प्रस्तुत गरिएको छ ।

(Visited 122 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

मेलम्चीले सात घर बगायो

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

नेपाल चलचित्र कलाकार तथा मजदुर संगठनमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठनको पाँचांै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बेलुका काठमाडौंमा सम्पन्न सो अधिवेशनले खगेन्द्र प्याकुरेलको...

काठमाडौंमा थप एक साता निषेधाज्ञा

काठमाडौं । उपत्यकामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । उपत्याकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

ट्रेन्डिङ

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साताको लागि बन्द

लहान । कार्यालयका कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि...

भूपु सैनिक सम्मेलन : उमेर ढल्के पनि जिम्मेवारी बिर्सिएका छैनौ

सिन्धुपाल्चोक । आफ्नो जीवनको कल्कलाउदो उमेर देश र जनताको निम्त सुम्पेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारका तिलकबहादुर बस्नेतसँग अहिले ति पुराना जोश जाँगर कति...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)