स्याङ्जामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको छ ।

असोज ५ गते भारतबाट आएका ४३ बर्षीय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायिक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताए । १२ गते सोमबार उनको दोस्रो पटक स्वाव लिइएको र नतिजा नेगेटिभ आएको पाण्डेले बताए ।

दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षीय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको पाण्डेले बताए । कोरोना संक्रमण नेगेटिभ आएपछि उनको अन्त्येष्टी भने धार्मिक परम्परागत रुपमै हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी