२३ वर्षदेखि विद्यालयको नाममा रहेको पोखरीमा विवाद

बारा । बारामा २३ वर्षदेखि एक विद्यालयको नाममा रहेको पोखरीको रेखांकन गर्न जादा अवरोध सृजना भएको छ । महागढीमाई नगरपालिका ७ स्थित रहेको नेरामावि पिप्रढी बेनौलीको नाममा रहेको पोखरीको जग्गालाई रेखांकनमा अवरोध सृजना गरिएको छ ।

विद्यालयको नाममा साविक रौवाही गाविस ७ हाल देवताल गांउँपालिका ४ को किता नं. ८० को ३ विघा ५ कठा जग्गा दर्ता रहेको छ । नापी शाखा कार्यालय बाराले २०६४ साल असोज २० गते टायल चेक रेखांकन गरी ४ विघा ७ कठा कायम गरेको छ ।

विद्यालयको नाममा रहेको सोहि पोखरीको रेखांकन गर्न विद्यालयका व्यवस्थापन समिति, शिक्षकहरुले अमिनको टोली लिएर रेखांकन गर्न जांदा देवाताल गांउपालिका अध्यक्ष चन्दन सिंहले हैकमवादी गर्दै आफुले रेखांकन गर्न नदिने अडान लिएपछि जग्गाको नापी हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव साहले बताएका छन् ।

आफु कानुन सम्वत चल्ने भएकोले विवाद सृजना नहोस भनेर नाप नक्सा कार्य तत्कालको लागि रोकेको उनले बताए । जिल्ला प्रशासन कार्यलय सुरक्षा निकाय, बुद्धिजिवि सर्कलको सहभागिताले शान्तिपुर्वक विद्यालयको सम्पत्ति विद्यालयको नाममा गराउन पहल गर्ने प्रतिवद्धता गरेका छन् । विद्यालयको नाममा दर्ता रहेको पोखरी नाप नक्सा गर्न नदिई टेण्डर गराउन नदिदा विद्यालयको वार्षिक लाखौ रुपैयाको आम्दनी गुमेको अध्यक्ष साहले आरोप लगाएका छन् ।

विद्यालयको नाममा दर्ता रहेको लालपुर्जा भएपनि स्थानीय ऐनको बहाना बनाउंदै अध्यक्ष सिंहले दादागिरी देखांउँदै आफनो आसेपासे लगाएर नापी कार्य गर्न नदिएको अध्यक्ष साहले बताए । एक वर्ष अगाडि पनि कार्यालय बाराबाट खटि गएको प्राविधिक टोलीलाई समेत पोखरीको जग्गा नापी कार्य गर्न नदिएको अध्यक्ष साहले आरोप लगाए ।

यस सन्दर्भ देवताल गाउँपालिका अध्यक्ष सिहसँग बुझ्दा एउटा स्थानिय तहको जग्गा अर्को स्थानिय तहमा पर्दा सो स्थानिय तहको न्यायिक समितीमा जग्गा छुटयाउन लिखित निवेदन दिनुपर्ने प्रभावदान भएता पनि विद्यालय व्यवस्थापन समितिले नगरेको आरोप लगाए । नेरा प्राविको नाममा रहेको जग्गा नेरामाविको नाममा कुन निर्णयले गएको हो, त्यसको प्रतिलिपि उपलब्ध नगराएकोले कानुन सम्वत जान विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष सिंहले दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि