यिनै हुन्, राम नेपालका छोरा भन्ने आधार

विश्वासमा आधारित राम जन्मभूमि फैजावादस्थित अयोध्या हो भने प्रमाणमा आधारित राम जन्मभूमि चितवनको माडीस्थित अयोध्यापुरी नै हो । अयोध्यापुरीप्रतिको जनआकर्षण र विश्वास पछिल्लो समयमा क्रमशः बढ्दै आएको छ । अहिलेसम्म छायामा पर्दै आएको कारण अयोध्यापुरीले नेपालीकै ध्यान आकर्षित गराउन सकेको थिएन । यसको मुख्य कारण पनि बनाइएको अयोध्याले नै विश्वकै सम्पूर्ण हिन्दूको ध्यान खिचेरै हो । अहिले हिन्दू विश्वका अधिकांश देशसम्म फैलिएका छन् । त्यसमध्ये पनि नेपाल र भारत त हिन्दूको केन्द्रबिन्दु नै हो । नेपालमा कुल जनसंख्याको ८१ प्रतिशत नागरिक हिन्दू धर्मावलम्बी छन् । विद्यमान जनसंख्याको अनुपातमा नेपालमा हिन्दूको संख्यामा करिब २ करोड ४० लाख छ । यसैगरी भारतमा पनि कुल जनसंख्याको ८० प्रतिशत हिन्दू छन् । जनसंख्याकै अनुपातमा भारतमा हिन्दूको संख्या १ अर्ब १० करोड जति छ । नेपाल र भारतकै संख्यालाई मात्र हेर्ने हो भने यी दुई देशमा हिन्दू धर्मालम्बीको संख्या १ अर्ब, साडे १२ करोड जति छ । जसले अहिलेसम्म फेजावादस्थित अयोध्यालाई नै राम जन्मभूमिको रूपमा विश्वास गर्दै आएका छन् ।

शताब्दीऔंदेखि श्रद्धालु भक्तहरूमा गडेको विश्वासलाई हाल प्राप्त भएको तथ्यगत प्रमाणले सहजै परिवर्तन गराउन सक्दैन । अयोध्यापुरी राम जन्मभूमि भएको यथेष्ट आधार भए पनि यसले हिन्दूहरूको विश्वास जित्न सकेको छैन । अयोध्याप्रति गरेको हिन्दूको जनविश्वासलाई अयोध्यापुरीतर्फ डाइभर्ट गर्न आठ÷दस वर्ष नै लाग्न सक्छ । किनकि तथ्य तथ्य नै हुन्छ, जसले छिटोढिलो कुनै न कुनै दिन जनविश्वास आकर्षित गराउँछ । राम जन्मस्थल भनी दाबी गरिएका यी दुई स्थानमध्ये विश्वास र मान्यतामा आधारित अयोध्याको कथन र कथात्मक विवरण तथा अयोध्यापुरीको आधार प्रमाणलाई तुलनात्मक रूपमा अध्ययन र विश्लेषण गर्दा पाइएको यथार्थतालाई यस आलेखमा चित्रण गरिएको छ ।

अध्योध्या रामजन्मभूमि हो भन्ने विश्वास र मान्यता ः अयोध्या रामजन्मस्थल मानिनुको मुख्य आधार भनेकै वाल्मीकि रामायणमा उल्लेख भएको वृतान्त, ब्रिटिसकालीन अंग्रेज अधिकारीहरूको राजनीतिक स्वार्थसम्बद्ध काल्पनिक नामकरणमा आधारित जनविश्वास तथा हिन्दूलाई आकर्षित गराउन अंग्रेज अधिकारीले तत्काल सो क्षेत्रमा निर्माण गरेको राम नामसँग सम्बन्धित मठ, मन्दिर र भौतिक संरचना नै हुन् । यिनै चिजवस्तुले विश्वकै समस्त हिन्दूहरूको ध्यान अयोध्याले आकर्षित गरायो । आस्था र विश्वास दिलायो, जुन अहिलेसम्म यथावत् छ । गरेको जनविश्वासलाई नै पुष्ट्याइँ गर्नेगरी वाल्मीकि रामायणमा वाल्मीकिका धार्मिक संस्कार पद्धति, मानवीय सद्चरित्र र व्यवहार सम्बद्ध अर्तिउपदेशमूलक मन्त्रलाई पछिका संकलक, सम्पादक र प्रकाशकले क्रमशः परिमार्जित गराउँदै प्रकाशित गर्दै ल्याए । जसले वाल्मीकि रचनाकै मौलिकता पनि गुमाउँदै ल्यायो ।

वास्तवमा अयोध्या ब्रिटिस शासकद्वारा सन् १८५७ वा १९१३ सालमा बनाइएको राम जन्मभूमि हो । त्यसबेलादेखि प्रकाशित हुँदै आएका पुस्तकमा पनि अयोध्याले महŒव पाउँदै आयो । रामायणलाई मिठासयुक्त बनाउने क्रममा परिमार्जित गराउँदै ल्यायो । वाल्मीकिका शब्दलाई यथावस्थामा प्रस्तुत गर्नुको सट्टा आशयमा रूपान्तरित गरिँदा रामायण अहिलेको अवस्थामा आइपुग्यो । तथापि, रामायणमा उल्लिखित वृतान्तलाई नै प्रमाणित गर्ने यथेष्ट तथ्यगत आधार भने प्रस्तुत भएको छैन । अयोध्या’bout अहिले उब्जिएको मुख्य सवाल यही हो । यद्यपि रामायणमा वर्णन गरिएका राम सम्बद्ध स्थल भने अहिलेसम्म हिन्दूको आकर्षणको केन्द्र बन्दै आएका छन् ।

कोसीको पूर्वी तटको घना जंगलमा कौशिकी, विश्वामित्र, ऋष्यजंग, र श्रृंगी ऋषिको तपस्या स्थल भएकाले सो क्षेत्रलाई अहिले पनि तपोवन भनिन्छ

वनवासकै क्रममा अहिलेको उत्तर प्रदेशस्थित अयोध्यादेखि महाराष्ट्र राज्य हुँदै मध्य प्रदेशसम्मको विभिन्न स्थानमा रामले १४ वर्ष वनवास जीवन बिताएको रामायणले बताउँछ । यस क्रममा राम पुगेका महŒवपूर्ण स्थलमा पर्ने, उत्तर प्रदेशको गंगा र यमुना नदीको संगम स्थलमा रहेको वा हालको अलाहावाद र चित्रकुटको बीचमा पर्ने कौसम्बिया आसपासको भारद्वाज ऋषिको आश्रम, मध्य प्रदेशकै चित्रकुट, महाराष्ट्रको नासिक जिल्लाको गोदाबारी नदी किनारमा पर्ने साबिकको पञ्चवटी, मध्य प्रदेशकै चित्रकुट पर्वतको नजिक भई बग्ने मन्दाकिनी नदी, जहाँ दशरथ स्वर्गारोहण भएको समाचार भरतबाट थाहा पाएका रामले मन्दाकिनी नदीमै दशरथलाई पिण्ड दिएका थिए । यस्तै, पञ्चवटी दक्षिणमा पर्ने दण्डकारणस्थित तपोवन आदि रामायणमा वर्णिक रामको वनवासी जीवनसँग सम्बन्धित मुख्य स्थान हुन् । तर, त्यहाँ निर्माण भएका अधिकांश मठ, मन्दिरहरू दुई÷तीन सय वर्षभित्रकै भएकाले त्यसले वैदिक युगिन महŒव झल्काउँदैन ।

वनवासबाट अयोध्या फर्किएपछि रामको अयोध्यामा राज्यभिषेक भयो । तर, अयोध्यावासीले सीताप्रति फैलाएको अफवाहको परीक्षण गर्न नैनीषारण्यस्थित अश्वमेद्य यज्ञ स्थलमा सीतालाई झिकाउन रामले आज्ञा दिएअनुसार वाल्मीकि ऋषि साथ लव–कुशसहित आएकी सीता शपथबाट निर्दोष प्रमाणित भएपछि पृथ्वीकी अधिपति देवीसहित नैनीशाख्यबाटै धरतीमा अलप भइन् । रामायणमा उल्लिखित नैनीषारण्य उत्तर प्रदेशको हालको लखनउ उत्तरतर्फबाट बहने गोमती नदीको किनार वा नारायणी र गंगाको संगमस्थल भन्दा केही पश्चिमतर्फ पर्दछ । तर, सो स्थान तत्कालको नैनीषारण्य भए पनि सीता धरतीमा विलीन भएको स्थान भने होइन । सीता अलप भएको स्थान देवघाटस्थित नारायणी नदी किनारै हो । यसैगरी, रामायणमा गंगा किनारमा रहेको तमसा नदी किनारमा वाल्मीकि आश्रम भएको उल्लिखित विवतरणलाई भारतीय हिन्दू धर्मावलम्बीहरूले नै व्यवहारमा अवज्ञा गर्दै आएका छन् । किनकि उनीहरूले माडी नगरपालिका–१ नारायणी नदी किनारकै स्थललाई अहिलेसम्म वाल्मीकि आश्रम मान्दै आएका छन् ।

रामको जीवन वृतान्तमा आधारित रामायणमा उल्लिखित विवरणलाई माडीस्थित अयोध्यापुरीलगायत नेपाली भूमिभित्र रहेका अन्य रामनामसँग सम्बन्धित स्थानसँग तुलना गरी हेर्दा हामी सहजै तलको निष्कर्षमा पुग्न सक्छौं, जसले राम नेपाली हुन् भन्ने कुरा पुष्टि गर्दछ ।

अयोध्यापुरी रामजन्मस्थल हो भन्ने आधार : सर्वप्रथम त फैजावादस्थित अयोध्या राम जन्मस्थल होइन भनी भारतकै कतिपय प्रबुद्धवर्गले बताउँदै आएका छन् । वैदिक युगको भारतकै इतिहास र वर्तमान विश्वचर्चित तथ्यमा आधारित इतिहासविद्, गैरहिन्दू धर्मावलम्बी जस्तो बुद्धिस्ट र मुस्लिम यस्तै गैरराजनीतिक क्षेत्रका प्रबुद्धवर्ग तथा यथार्थवादी संस्कृतिकर्मीसमेतका अनेकौं व्यक्तिले राम जन्मस्थल अयोध्या होइन भन्ने कुरा भनाइमा मात्र होइन व्यावहारिक प्रतिक्रियात्मक असन्तुष्टिबाटै व्यक्त गर्दै आएका छन् । यस क्रममा साकेत भिक्षुहरूले अयोध्या आफ्नो धार्मिक स्थललाई हरण गरियो भनी शताब्दीऔंदेखि आन्दोलन गर्दै आएका छन् ।

मुस्लिमहरूले ५ सय वर्ष पहिलेदेखि अयोध्यामा रहेको बाबरी मस्जिद भत्काई आफ्नो धर्मउपर प्रहार गरियो भनी विरोध जनाउँदै आएका छन् । कतिपय बौद्धिक व्यक्तित्वहरू अयोध्यालाई काल्पनिक राम जन्मस्थलमा रूपान्तरित गरेर राजनीतिक स्वार्थ पूरा गरिँदै आएको टिप्पणी गर्दछन् । पछिल्लो समयमा चलचित्र निर्माताले समेत अयोध्याको यथार्थताको सचित्र झलक चलचित्रमार्फत उजागर गराउने प्रयत्न गर्दै छन् । राम जन्मस्थल अयोध्या होइन भन्ने दृष्टिकोण राख्ने उपरोक्त संघसंस्था र व्यक्तिले सक्कली रामजन्मभूमि यही हो भनी अन्य भारतीय भूमिलाई इंगित गरेका पनि छैनन् । यस आधारले माडीस्थित अयोध्यापुरी नै राम जन्मभूमि भएको पुष्टि हुन्छ ।

यसैगरी राम अयोध्यापुरीमै जन्मिएका हुन् भन्ने अन्य भरपर्दो प्रमाणहरू पनि प्रशस्त छन् । माडीस्थित अयोध्यापुरीकै प्रमाण हेर्ने हो भने माडी नगरपालिका–१ मा नारायणी नदीकै पूर्वी किनारमा वाल्मीकि आश्रम छ । दक्षिण अयोध्यापुरीको नामले चिनिने माडी नगरपालिका–९ स्थित चौकीडाँडामा राम गुफा, राम सीताले नुहाउने पोखरी, सोमेश्वर गढी, वैकुण्ठधाम, पाँच पाण्डव र कपाल गंगासमेतका छायामा पर्दै आएका प्राचीन धार्मिक तीर्थस्थल छन् । यही स्थानमा वैदिक युगमा प्रयोग गरिएका माटाका भाँडा, माटाकै थाल र कचौरा, पुराना माटाका सिक्का र इँटा फेला परेका छन् । माडी नगरपालिका–९ स्थित गणेश कुञ्जमा सीता गुफा । सीता गुफानजिक पुराना इँटा फेला परेका छन् । सीता गुफा र राम गुफाबीचको दूरी आन्दाजी पाँच किलोमिटर छ । अयोध्यापुरी उत्तरमा रामपुर र सोभन्दा उत्तरमा रामनगर पर्दछ भने नारायणी नदी पारी नवलपरासी जिल्लामा सीता धरतीमा विलिन भएको स्थान देवघाट छ । रामले विश्राम गरेको स्थान रामनगर र रामग्राम पनि त्यसकै आसपासमा पर्दछ । अयोध्यापुरी क्षेत्रमा भएका उपरोक्त संरचनाहरू र प्राप्त सामग्री वैदिक युगीन हुन् जसले राम जन्मस्थल त्यही हो भन्ने कुरा पुष्टि गर्दछ ।

रामको विवाहको वरियाती पनि पर्साको ठोरी, छिप्रामाई गाउँपालिकास्थित तुलसी भरुवा, रामगढ हुँदै जनकपुर गएको र वरियातीमा लागिएका हात्ती घोडाका लागि तुलसी भरुवामा एकैनासका चारपाँच वटा पोखरी निर्माण भएको जुन अहिले पनि रहेको जनश्रुति छ । वीरगन्जस्थित अशोकवाटिकामा रामको विशाल भवन थियो । पछि अयोध्याको राज्याभिषेक भइसकेपछि रामले त्यो विशाल भवन विशेष सहयोगी सुग्रीवलाई दिए । अशोकवाटीकाकै उत्तरी क्षेत्रको गढलाई अहिले रामगढवा भनिन्छ । रामगढवामा केही वर्ष पहिले घरको जग खन्दा फलामे हँसुली, माटाको भात पकाउने भाँडा, माटाकै थाल, कचौरा, घैला, जाँतो फेला परेको थियो । उक्त सामग्री पनि अयोध्यापुरीमा प्राप्त सामग्रीसँग मिल्छन् । अशोकवाटिका र रामगढवा अहिले क्रमशः वीरगन्ज उपमहानगरपालिका–१० र २४ मा पर्दछ । यसका साथै पर्साकै पोखरिया उत्तरमा अर्को रामपुर र मधुवन मथौल पनि पर्दछ ।

अयोध्यापुरी क्षेत्रमा प्राप्त संरचना र सामग्री वैदिक युगका हुन्, जसले राम जन्मस्थल त्यही हो भन्ने कुरा पुष्टि गर्दछन्

जनकपुर त राम सीताको परिचयात्मक स्थल नै हो । त्यहाँ भएका मठमन्दिर र भौतिक संरचना आफैंले राम सीताको वर्णन गरिरहेका छन् । माडीको अयोध्यापुरीबाट सुनसरीको रामधुनी वनस्थित विश्वाभित्र ऋषिको आश्रममा जाँदा रामले प्रयोग गरेको बाटोमा पर्ने सिरहा जिल्लाकै बन्दीपुर दक्षिण, कमलापूर्व रामपुर भेडिया बस्ती पर्दछ । बन्दीपुरपूर्व मिर्चैया पश्चिम रामपुर बिर्ता छ । सिरहाकै मिर्चैया बजारलाई प्रारम्भदेखि नै रामनगर भनिन्थ्यो । मिर्चैयापूर्व गोलबजार पश्चिम अयोध्यापुर नामको अर्को बस्ती छ । सप्तरी जिल्लामा पनि सीताको खोजीमा लंका जाने क्रममा हनुमानले बाँदर सेनालाई जम्मा गरेको स्थान अहिले हनुमान नगरले चिनिन्छ । जहाँ जम्मा भएका बाँदर सेनालाई साथमा लिएर हनुमान लंका प्रस्थान गरेका थिए । यसका साथै रामायणमा उल्लिखित रोमपाद नाम गरेका राजाको आंदेश पनि गंगा र कोसीको संगमस्थल उत्तरको अहिलेको सप्तरी र उदयपुर जिल्लासम्मको नेपाली भूमि थियो । राम नामसँग जोडिएका यी स्थान कुनै न कुनै रूपमा रामसँग सम्बन्धित हुन् ।

यसैगरी सुनसरी जिल्लास्थित रामधुनी धाम त रामले विश्वामित्र ऋषिबाट शिक्षा लिएको ठाउँ नै हो । शिक्षा आर्जनकै क्रममा त्यहाँ रहँदा रामले त्यहाँको धुनीको सुरक्षा गरेका थिए । रामरक्षित उक्त धुनी अहिलेसम्म निरन्तर प्रज्वलित छ । यही स्थान अहिले रामधुनी धामले चिनिन्छ । यस धामकै पश्चिम, कोसीको पूर्व किनारमा मधुवन पर्दछ, जहाँ लंकामा सीतालाई भेटी हनुमानका साथ फर्केका बाँदर सेनाले सराव पिएका थिए । मधुवन उत्तर चकरघट्टी, चतरा, विष्णुपादुका हुँदै वराह क्षेत्रसम्मको कोसीको पूर्वी तटवर्ती भागको घना जंगलमा कौशिकी, विश्वामित्र, ऋष्यजंग, र श्रृंगी ऋषिको तपस्यास्थल भएकाले सो क्षेत्रलाई अहिले पनि तपोवन भनिन्छ । अहिले पनि त्यहाँ जंगलको भूभाग धेरै छ ।

यसर्थ, रामनामसँग जोडिएका नेपालका उपर्युक्त स्थान राम नेपालकै छोरा हुन् भनी पुष्टि गर्ने आधार हुन् । अयोध्यापुरी नै रामको जन्मस्थल हो भन्ने प्रमाणित गर्न उक्त स्थानमध्ये पनि धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, वस्तुस्थितिजन्य एवं सान्दर्भिक दृष्टिकोणले बढी महŒवपूर्ण देखिएका निम्न चार स्थानमा पुराताŒिवक खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । जसले राम नेपालकै छोरा हुन् भन्ने कुरा भनाइमा मात्र होइन निम्न तथ्यले प्रमाणित गरेर देखाउँछ:

१. वाल्मीकि आश्रमसहितको अयोध्यापुरी क्षेत्र,
२. पृथ्वीकी अधिपति देवीसहित सीता रसातल प्रस्थान गरेको स्थान देवघाट,
३. वीरगन्जको अशोकवाटिका र रामगढवा
४. सुनसरीस्थित रामधुनी धाम आदि ।

तपाइको प्रतिक्रिया
(Visited 549 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व