इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न
चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न…
पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन, याम बरालको श्वरको यो गितले पनि इलामको चिया बारीको चर्चा छ । यो गितमा इलाम आएर चियाबारी हेर्न बस्नै पर्छ भन्ने छ । गीतमा चिया बारी हेर्न केहिदिन नबसी हुँदैन भन्ने झल्काएको छ ।
इलामै शहर चियाबारी राम्रो त्यहि पर्यो घर हाम्रो
कसकी हौ छोरी पातली मरि लैजाने आँट हाम्रो…
लेखक गंगाराज मुकारुङ,निर्देशक जिवन मुकारुङ, बुलु मुकारुङ र कुन्ति मोक्तानको श्वरको यो गितले इलामको चियालाई चिनाएको छ । हुन पनि गितमा भने भन्दा कम छैन इलामको चिया बगान । जिल्लाभरिनै मोहित पार्ने चिया बगान थुप्रै छन् ।
त्यसमा पनि इलाम नगरपालिका ५ को घलेटार पुग्दा जो कोहिको मुखबाट आहा ! आवाज निस्कन्छ । वरिपरि चियाका बुटा मिलेर विचमा मैदान झैँ बसेको भाग । त्यहि बगानको डिलै डिल हुँदै माईपोखरि जाने कालो पत्रे बाटो । गाडीको झ्यालबाटै देखिने यो तस्विरले त्यहाँ पुगेपछि गाडीको ब्रेक लाग्ने गर्छ । लाग्न पनि किन नलागोस त्यहाँको दृष्यनै ब्रेक लगाउने छ । सानो बगान भएपनि ठूलो पहिचानसहित बसेको यो बगानमा न लोभिने कोहि हुँदैन ।
लामो समयको झरीसँगै खुलेको इलामले मनै लोभ्याउन थालेको छ । सुन्दर चियाका थुम्का थुम्का र स्टुडियम झैँ देखिने चिया बगानले पनि मन लोभ्याउन थालेको हो । असोजको खुलेको आकास अनि चियाको स्टुडियम भित्र चिसो हावाको स्पर्स लिँदै रमाउन कसलाई मन हुँदैन । साँचै चियाको स्टुडियममा नै रमाउनु हुन्छ भने इलाम आउनै पर्छ । इलाम नगरपालिका ५ स्थित घलेटारमा रहेको चिया बगान पुग्नै पर्छ । त्यहाँको तस्विर हर्दा एक पटक पुगौ पुगौ बनाई दिन्छ । त्यहाँ गुग्दा कस्तो होला आफै सम्झनुहोस् त एक पटक ।
त्यहाँ पुग्दा एका तिर स्टुडियम झै देखिने चिया बगान त अर्को तिरबाट जिल्लाको आधा भागसँगै विव्ल्याटे बजार । हरियालि वातावरण र चरा चुरुङ्गीका चिविरि आवजले दिन वितेको पत्तै हुँदैन । त्यहाँ पुपेपछि अर्गानिक चियाका बगान र त्यहाँ चलेको हावाले तपाईको मुखमा भएको माक्स फुकालेको पत्तै हुँदैन । त्यहाँबाट हरियालि चियाका बगान र थुम्कै थुम्का देखिने डाँडा काँडासँग रमाउँदै माईपोखरी हुँदै सन्दकपुरसम्म पुग्न सकिन्छ । धेरै जसो पर्यटक इलाममा चिया हेर्नकै लागि आउँछन् । तर कन्याम बाटै फर्कन्छ । कन्याम मात्र होईन इलामका लागि धेरै स्थानमा सुन्दर चियाका बगान छन् ।
यहाँ पुग्नको लागि इलाम सदरमुकामबाट ५ किलोमिटरको यात्रामा इलाम नगरपालिका ५ को विब्ल्याँटे बजार पुगिन्छ । बजार कटेसँगै पहिलो सडकको घुम्तीले माईपोखरि जाने बाटो पुर्याइदिन्छ । त्यहाँबाट एक किलोमिटरको यात्रामै घलेटारको चिया बगान पुगिन्छ । एक सय ५७ वर्षको इतिहास हेर्न पनि इलाम सदरमूकाम आउनै पर्छ । इलाम नगरपालिका ७ मा रहेको चिया बगान हेरेपछि मात्रै चियाको इतिहास देखिन्छ ।