Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

,

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।

उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् । तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ ।

चालीस नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तरराष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परीक्षा गराउने पक्षमा आफूहरु रहेको केही दिनअघि राससलाई बताएका थिए । अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पु-याउने, उत्तरपुस्तिका कसरी सङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएका छन् ।

अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट निर्णय भई नआएम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका विकल्पबाटै निर्णय हुनसक्ने बताए ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा मन्त्रिपरिषद्कै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भएको थियो । शिक्षा ऐन (२०२८) को आठौँ संशोधन २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

साताका लोकप्रिय समाचार

सिन्धुलीमा संक्रमणबाट एकजनाको निधन

सिन्धुली । कोरोनाका कारण होम आइसोलेसनमा बसेकी ८० वर्षिय महिलाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर २ की एक ८० वर्षीया महिलाको...

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई,...

ओलीलाई जसपाको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, दीपक मनाङ्गे बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका...

ट्रेन्डिङ

कोरोना भाइरसले विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ बढी संक्रमित

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ...

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा

यसपाला पनि हामीले ज्येष्ठ नागरिक दिवस मनायौं । यसपटक सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैं खल्लो भएको गुनासोका गरेका ज्येष्ठ नागरिकको तिहार सुखमय रहोस् ।...

अझै पनि हाजिर गर्छन् र टाप कस्छन् कर्मचारी

काठमाडौं । देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । अहिले पनि कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने...

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको...

तोकिएको मितिमा निर्वाचन नभए यो सरकार असक्षम : राष्ट्रपतिका राजनीतिक सल्लाहकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी...

कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान

काठमाडौं । नेपालमा अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।...

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी...

सिन्धुलीको कमलामाईमा २७ जनाको आरडिटी पोजेटिभ

सिन्धुली । सिन्धुली अस्पताल र कमलामाई नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेका नागरिकको आरडिटी विधिबाट गरिएको एन्टीवडि परीक्षणको नतिजा पोजेटिभ आएको छ । एन्टीवडि जाँचमा मंगलबार...

पोखरा उपप्रमुख गुरुङले ६५ हजार भाडा नलिने

पोखरा, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसको जीवन अस्तव्यस्त हुन थालेपछि आर्थिक संकट गहिरिँदै जान थालेको छ ।...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १८८६ पुग्यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एकै दिन २ सय १९ जनामा कोरोना पुष्टि भएपछि जम्मा संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ ।...

सञ्चारकर्मी जनकको म माया लाउदिन

काठमाडौं । पत्रकार जनक रावलले आफ्नो नयाँ गीत म माया लाउदिन...को भिडियो सार्वजनिक गरेका छन् । २०४९ सालदेखि गीत लेखनमा सक्रिय गीतकार रावलका यसअघि...

मायालु फकाउने टेपरेकर्डर

कुनै समय मायालु फकाउने माध्यम थियो, टेपरेर्केडर । तर, प्रविधि विकाससँगै आजभोलि त्यो देखिन छोडेको छ । उतिबेला हुनेखाने किसान यसको प्रयोग गर्थे ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)