Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

,

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् ।

स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

‘पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो’, मनिषाले भनिन्, ‘दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ’ । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताइन् ।

‘घरमाथि पट्टिको डाँडो चर्किएकाले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीकोमा बस्न जान्थ्यौँ’, मनिषाले भनिन्, ‘त्यो राति पनि मैले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पु¥यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पु¥यो ।’ ‘घटना हुँदाका बेला उक्त घरमा दश जना थिए’ स्थानीयवासी लुइँटेलले भने, ‘पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्यान गयो, मनिषालाई भने हामीले जीवितै उद्धार गर्न सक्यौँ ।’

घाइते अवस्थामा उद्धार गरिएकी मनिषा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएकी हुन् । मनिषाको सम्पूर्ण खर्चको व्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए । नगरपालिकाले विपद्को घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा प्रति मृतक रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु पाँच हजार, घर आंशिकरुपमा क्षति भएमा रु सात हजार, गोठ नष्ट भएमा रु पाँच हजार, घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु तीन हजार र विपद्का कारण दुहुनो गाईभैँसी मरेमा प्रति पशु रु आठ हजार र दूध दिनयोग्य गाईभैँसी भएमा रु पाँच हजार, खसी बोका र माउ बाख्रा भएमा रु ती हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

ट्रेन्डिङ

रोड्रिग्वेज एभर्टनमा

लन्डन । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएको छ । एभर्टनले...

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

सरकारलाई कार्यदलको सुझाव : २५ गतेभित्र नतिजा प्रकाशन, २५ गतेपछि विद्यालयमा नयाँ भर्ना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ...

गौँडामा भाँजो हालेको छ, हाम्रो गाउँ नआइदिनु होला

‘सुनखानीमा भाँजो (बार) हालेको र छ । हामी पनि हालौं, हामी पनि नयाँ मान्छेलाई गाउँ छिर्न नदिउ ।’ गाउँमै होम क्वारेन्टाइनमा बसेका भाईहरु...

ह्यारी र मेगनको अन्तर्वार्ताले विश्व नै तरंगित, निकालिन् महारानी एलिजावेथले विज्ञप्ती

लन्डन । अमेरिकी टेलिभिजन च्यानल सीबीएसले लिएको बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेगनको विशेष अन्तर्वार्ताले विश्व तरंगित भएपछि बेलायती राजदरबारले प्रतिक्रिया दिएको छ...

अमेरिकामा कोरोनाइभाइरसको भ्याक्सिनको परीक्षण जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका...

बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

म्याड्रिड । क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाइका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएका छन् । पहिलो रोजाइका पाँच खेलाडीमा कोरोना संक्रमण...

मुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा जुटेको बताउनुभएको छ...

विद्यालयमा राखिएका कोरोना संक्रमितलाई अस्पतालमा सारियो

वीरगन्ज । विरगञ्जको नारायणी अस्पतालमा नअटेर विद्यालयमा राखिएका कोरोना संक्रमितलाई स्थानीय गण्डक अस्पतालमा सारिएका छन् । संक्रमित बिरामीलाई उपचार गरिरहेको नारायणी अस्पतालमा बिरामी नअटेर...

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं । एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९÷२० का विजेताको घोषणा गरिएको छ । नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२० को सुरुवात गत...

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)