काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ जना पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १२ हजार २०५ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर गरिएको छ ।
हालसम्म ५६ हजार ४२८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । पछिल्लो २४ घण्टामा १०५७ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २० हजार ८९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।