Saturday, October 24, 2020
Home भर्खरै माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने

काठमाडौं । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।

हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै प्रक्रिया पूरा हुँदै गए आगामी माघसम्म नेपालमा भ्याक्सिन आइपुग्छ ।’

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ ।

‘स्पुतनिक–भी’ को तेस्रो चरणको परीक्षण आगामी जनवरीभित्र पूरा हुने अपेक्षा गरिएको उनले बताए । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको रसियन डाइरेक्ट फन्डको वेबसाइटमा उल्लेख छ । भ्याक्सिन सन्दर्भमा ट्रिनिटीले गत जेठदेखि पहल गर्दै आएको थियो ।

यो पनि पढ्नुहोस   कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

फन्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । २ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ ।

भ्याक्सिन नेपाल ल्याउन सरकारले अनुमति दिनुपर्ने भए पनि हालसम्म कुनै पनि खोप ल्याउन आयातकर्ताले औषधि व्यवस्था विभागमा निवेदन नदिएको पाइएको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीले अहिलेसम्म खोप ल्याउन कसैको पनि निवेदन नपरेको बताए । उनले भने, ‘यस बारेमा जानकारी आएको त छ । तर, कसैले पनि खोप आयात गर्न अनुमति लिनुभएको छैन ।’ हाल कोरोना भाइरसविरुद्ध १ सय ४० वटा खोप परीक्षणको चरणमा रहेका छन् । स्रोतका अनुसार रुसी भ्याक्सिनलाई डब्ल्यूएचओले स्वीकृत नगरेको र अनुसन्धानकै क्रममा रहेको छ ।

दोस्रो चरणको परीक्षण पूरा हुनासाथ गत साउन अन्तिम साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्ध रुसले पहिलो भ्याक्सिन बनाएको घोषणा गरेका थिए ।

(Visited 1,093 times, 1 visits today)
Loading comments...

आजको समाचार

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

साताका लोकप्रिय समाचार

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

ट्रेन्डिङ

कोरोनाको उपचारका लागि छैन नीजि अस्पतालसँग तयारी

धनगढी । कैलालीका अधिकाँस नीजि अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गर्न सकेका छैनन् । सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई...

नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौँ । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल...

रोटरी सम्मेलन सुरु

पोखरा । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को १२औं डिस्ट्रिक्ट सम्मेलन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा तीन दिनसम्म...

भीरबाट लडेर महिलाको मृत्यु

बैतडी । दार्चुलाको मार्मामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । घाँस काट्नका लागि घर नजिकैकको खरबारीमा गएका मार्मा गाउँपालिका ४ थामुका ३५...

अख्तियार प्रमुख घिमिरेले जिते कोरोना

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले कोरोनालाई जितेका छन् । घिमिरेको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोनासंक्रमणबाट मुक्त भएका...

विद्यालयलाई जागिर खाने थलो नबनाउ : मन्त्री पोखरेल

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई जागिर खाने थलो नबनाउन शिक्षकहरुलाई अनुरोध गरेका छन ।...

सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा...

युभेन्टसको विजयी सुरुवात

टुरिन । नयाँ प्रशिक्षक आन्द्र पिर्लाेको प्रशिक्षणमा साबिक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–०...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धेरै पढिएका

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)