Tuesday, October 27, 2020
Home Editor-Picks दल दर्ता गर्न संघीय संरचना अनिवार्य

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

पुराना दललाई पनि स्मरणपत्र

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ ।
आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो ।

नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए । ‘संविधान र कानुनमा यो व्यवस्था छ, यसरी गर्नुपर्छ भनेर आयोगले सम्झाएको हो, अब संविधानअनुसार स्थानीय, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएर आएपछि मात्रै नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गइसक्दा समेत प्रदेश र जिल्लामा रहेका निर्वाचन कार्यालयमा केन्द्रमा दर्ता भएका दलका बारेमा रेकर्ड नरहने अवस्था आएकाले यस्तो व्यवस्था लागू गराउनेतर्फ आयोग अघि बढेको समेत जानकारी दिए । यसरी आउँदा जिल्ला कार्यसमितिको संरचनासमेत बुझाउनुपर्नेछ ।

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

‘कुनै दलका जिल्लामा कार्यालय होलान्, तर कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने रेकर्ड नहुने अवस्था थियो, अब सबै तथ्यांक रहने गरी आयोगले काम गरिरहेको छ । यसको जानकारी जिल्ला र प्रदेशका निर्वाचन कार्यालयलाई पनि हुन्छ,’ उनले भने ।

यसैगरी आयोगले हाल आयोगमा दर्ता रहेका दलहरूलाई समेत संविधानले व्यवस्था गरेअनुसारका सबै संरचनासहितको विवरण बुझाउन भनेको छ ।

आयोगले दलहरूले संविधानअनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै सबै दललाई विवरण बुझाउन भन्दै २५ साउनमा नै स्मरणपत्र पठाएको हो । तर सो विवरण कहिलेसम्म पठाइसक्ने भन्नेबारे आयोगले पत्रमा खुलाएको छैन ।

यसरी विवरण बुझाउँदा भने प्रदेश समितिका पदाधिकारीको विवरण प्रदेश राजधानी रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालय र जिल्ला र स्थानीय तहको समितिका पदाधिकारीको विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाउन भनिएको छ ।

आयोगले नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राजनीतिक दलले गर्नुपर्ने भूमिका निर्धारण गरेको भन्दै दलहरूलाई सम्झाएको हो ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट आज थप ३ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बिहीबार नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एकएक जनाको मृत्यु भएको...

साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

ट्रेन्डिङ

धरान र चितवनमा ४ संक्रमितको मृत्यु

धरान । बीपी प्रतिष्ठान धरानमा ३ र चितवन मेडिकल कलेजमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९...

शीर्ष चारमा एटलान्टाको पकड

रोम । साम्पडोरियामाथि २–० को सहज जित निकाल्दै एटलान्टाले इटालियन सिरी ‘ए’मा यो सिजन शीर्ष चारमा रहने बलियो पकड बनाएको छ । एटलान्टाको जितमा...

सरकारले लकडाउन १५ वैशाखसम्मका लागि थप्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमित भेटिन थालेपछि सरकारले सरकारले लकडाउन १२ दिन बढाएर १५ वैशाखसम्म पु‍र्याउने निर्णय...

गतवर्ष रिलिज भएनन् स्टार अभिनेताका फिल्म

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा...

प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन...

काठमाडौँ उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि...

निषेधाज्ञामा नरोकिएका सिर्जनशील हातहरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा सुरु भएको आज चार दिन पुरा भयो । कलकारखाना ठप्प छ । अत्यावश्यक भनिएका खाद्यान्ह र औषधी दोकानदारले समेत पसल...

सुनिता दुलालको तीज गीत ‘जुम हेरेर’ सार्वजनिक

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोना संक्रमणका कारण एकै ठाउँमा जम्मा भएर तिज...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

रौनक नभएको दसैं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर

(Visited 85 times, 1 visits today)