Tuesday, October 27, 2020
Home बिचार ज्येष्ठ नागरिकको जागरूकता दिवस

ज्येष्ठ नागरिकको जागरूकता दिवस

प्रत्येक वर्षको अक्टोवर १ तारिकका दिन विश्व समुदायले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभरि मनाइन्छ । यस वर्ष भने कोरोना कहरको कारण संसारभरि कोलाहालपूर्ण अवस्थामा सताइरहेको छ । मूलतः विश्वको जनसंख्याको १२ देखि १५ प्रतिशत अर्थात् ९० करोड जनसंख्या ज्येष्ठ नागरिक रहेका छन् । खानपान, स्वास्थ्य सेवा, उच्च जीवन शैलीका कारण औसत आयु बढेसँगै ज्येष्ठ नागरिकको संख्या क्रमिक रूपमा बढिरहेको छ । नेपालको कुल जनसंख्याको ८.१३ प्रतिशत अर्थात करिव ३० लाख मानिसहरू यही समूहमा पर्छन् । यसमा पनि पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् । त्यसैले वातावरण परिवर्तनबाट यति ठूलो जनसंख्यामा पर्ने असरको उचित व्यवस्थापन गर्न जरुरीे छ । तर, अन्तर्राष्ट्रिय नीतिनिर्माताहरू भने यो विषयतर्फ खासै आकर्षित भएको देखिँदैन ।

यसर्थ विश्वको इतिहासलाई अवलोकन गर्ने हो भने सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारका विषयले प्रवेश पाएको थियो । सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगे गर्न पाउनुपर्छ । साथै त्यसको रक्षाका खातिर समाजका सबै तह र तप्काका नागरिक सचेत र सव्रिmय हुनुपर्ने आवश्यकता रहेको जनाइएको थियो । यसैगरी, सन् २००२ मा जारी संयुक्त राष्ट्रसंघ जनसंख्या कोषबाट वृद्धावस्थासम्बन्धी अन्तर्राीष्ट्रय कार्ययोजना–२००२ मा कार्ययोजनाका लक्ष्य, उद्देश्य र प्रबिद्धताहरूसँग गाँसिएका विभित्र बुँदा समावेश गर्दै सबै वृद्ध व्यक्तिको सम्पूर्ण मानवअधिकार र मौलिक स्वतन्त्रताहरूको पूर्ण बहाली गर्ने, आयमूलक तथा स्वेच्छिक कामका माध्यमबाट समेत आफ्ना समाजमा आर्थिक र राजनीतिक तथा सामाजिक जीवनमा पहुँच उपलब्ध गराउने आदि माध्यमहरूबाट जीवनभर र जीवनको उत्तरार्धमा वैयक्तिक विकास, स्वतन्त्रता, स्व–सम्पत्रता तथा समुत्रतिका लागि अवसरहरू उपलब्ध गराउने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकका हितका लागि बनेको ऐन र नियमको कार्यान्वयन उचित ढंगले भइरहेको छैन । उनीहरू दयाको पात्र होइनन् भत्रे चेत समाजमा आउन जरुरी छ । उनीहरूलाई सम्मान र आदर गर्ने परिपाटी व्यक्ति, परिवार, समाज र राष्ट्रले बसाल्दै ज्येष्ठ नागरिकसँग भएका ज्ञानका भण्डारबाट व्यक्ति, परिवार, समाज र राष्ट्रले लाभ लिन सक्नुपर्छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा विश्वमा ६० वर्षमाथिको जनसंख्या ९७२ मिलियन रहेको जनाएको छ । सन् १९८० मा सो संख्या ३८२ मिलियन थियो भने सन् २०५० मा सो संख्या हालको दोब्बर हुने प्रक्षेपण संयुक्त राष्ट्रसंघले गरेको छ ।

तुलनात्मक रूपमा गरिब परिवारभन्दा सम्पत्र परिवारका ज्येष्ठ नागरिक अझै बढी उपेक्षामा परेका देखिन्छन्

हाम्रो देशको सन्दर्भमा अबलोकन गर्ने हो भने कानुनी रूपमा नेपालका ज्येष्ठ नागरिकले अधिकार पाएको करिब १५ वर्ष भएको छ । सो अधिकार लिपिबद्ध हुने व्रmममा ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि ज्येष्ठ नागरिक ऐन, २०६३, ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६१ ज्येष्ठ नागरिक समूह परिचालन निर्देशिका २०७२ आदि जारी भएको छ । यसै क्रममा राष्ट्रमा ६० वर्ष वा सो उमेर पार गरेका व्यक्तित्वलाई ज्येष्ठ नागरिक भनिए पनि अन्तर्राष्ट्रिय तहमा ओल्डर पिपल भत्रे गरिन्छ ।

वृद्धावस्था भनेको जीवनको सन्ध्याकाल हो । जीवनरूपी दिनमा धेरै काम गरेर एउटा विश्राम गर्ने समय हो । शान्ति र सद्भावसाथ थकाइ मार्ने बेला हो । यसरी जीवनरूपी सन्ध्यामा शान्तिपूर्ण ढंगबाट विश्राम गर्न प्रत्येक वृद्ध पुस्तालाई कुण्ठा, पीडा र मानसिक यन्त्रणाबाट मुक्त राखेर आरामपूर्वक आफ्नो सन्ध्याकालीन जीवन बिताउन सक्ने अवस्था बनाइदिनु पर्छ । यही नै सार्थक समाधान हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत ज्येष्ठ नागरिकका ज्ञान, सीप र बुद्धि पुस्ता हस्तान्तरण गर्न नयाँ अवधारणा ल्याएको छ, ज्ञान केन्द्र, ध्यान केन्द्र र आराम केन्द्र स्थापना । जहाँ, ज्येष्ठ नागरिकले आफ्ना जीवनकालमा आर्जन गरेको ज्ञान, सीप र बुद्धि हस्तान्तरणको अवसर पाउनेछन् । यद्यपि यतिबेला ज्येष्ठ नागरिक कोरोना भाइरसको उच्च जोखिममा समेत छन् । यस्तो बेला व्यक्ति, परिवार, समाज र राज्यबाट ज्येष्ठ नागरिकमाथि विशेष स्याहार र सुरक्षा अझ आवश्यक रहेको ठम्याइ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको छ ।

हाम्रो जस्तो देश अनि निकटतम सामाजिक संरचनामा हामीहरू सबैले अग्रजप्रति देखाएको व्यवहारतर्फ संवेदनशील हुन जरुरी देखिन्छ । आफ्ना कुराकानीमा वहाँहरूलाई समावेश नगर्ने, वहाँहरूका कुराहरू नसुनिदिने, अनावश्यक होच्याएर टीकाटिप्पणी गर्ने, नचाहिँदा नाम राखिदिने र गिज्याउने अनि वहाँहरूलाई अनावश्यक रूपमा कतै जान या केही गर्न रोक लगाउने कुरा पनि दुव्र्यवहारअन्तर्गत पर्दछ । प्रायः विकसित देशहरूमा हुने वृद्धवृद्धा स्याहार केन्द्र या सरकारकै तर्फवाट वृद्धवृद्धा सुरक्षा योजना या संरक्षण नीति नभएकले नेपालमा यस मुद्धा अझ गहन छ । देशलाई उमेरभरि उत्पादत्वमा सहयोग गरेका अनि कर तिरेका वृद्धवृद्धा उमेर पुगेपछि केही थान हजारका नोट समातेर भत्ताको सूक्ष्म गाँसमा बस्नुपर्ने बाध्यता छ ।

अन्त्यमा, आजको युवा पुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । त्यसैकारणले होला सृष्टिको क्रम पनि पहिले बालक शिशुको रूपमा, युवा अवस्था पार गरी ज्येष्ठ नागरिक बन्छौं । यसै अुनसार अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउनेछन् । सबैले भनिने गरेको छ मान्छे बूढो भए निहुँ खोज्छ, वस्तु बूढो भए भीर खोज्छ’ भत्रे उखान बिर्सेर ज्येष्ठ नागरिकहरूले विगतमा गरेका राम्रा काम सम्झने गर्नुपर्छ । यसर्थ वृद्धावस्थालाई बोझको रूपमा नभई जीवनको उत्तरार्धमा सबैले भोग्नुपर्ने अनिवार्य अवस्था मानेर सकेसम्म सुखमय बनाउनमै लाग्नु परिवारका सबै सदस्यको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण रहेको छ । अहिले त सरकारले समेत वृद्धवृद्धाहरूलाई प्रति महिना ३ हजार रुपैयाँ भत्ता, निःशुल्क स्वास्थ्य बिमा, याताायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ ।

गरिबीका कारण स्वाभाविक रूपमा ज्येष्ठ नागरिकहरू उपेक्षाको सिकार बत्रुपरेको छ भने आर्थिक सम्पत्रता भएको अवस्थामा पनि ज्येष्ठ उनीहरू उपेक्षित हुँदै आएका छन् । विशेषगरी प्रतिस्पर्धाको युगमा अध्ययन, वृत्ति विकास, आयआर्जन र सम्पत्र बत्रे अथवा हैसियत निर्माण गर्ने होड चलेको अवस्थाले गर्दा ज्येष्ठ नागरिकप्रति घर, परिवार र समाजको कम ध्यान जाने गरेको छ । यसरी तुलनात्मक रूपमा हेर्दा गरिब परिवारमा भन्दा सम्पत्र परिवारका ज्येष्ठ नागरिक अझै बढी उपेक्षामा परेका देखिन्छन् ।

बाहिरी रूपमा हेर्दा आर्थिक सम्पत्रताका कारण ज्येष्ठ नागरिकहरूको जीवन सुखी र सुरक्षित हुनुपर्ने अनुमानविपरीत झन् दुःखी र असुरक्षित रहेका थुप्रै उदाहरण सार्वजनिक हुने गरेका छन् । गरिब घरपरिवारमा ज्येष्ठ नागरिकलाई भौतिक सुख र सुविधा दिन नसके पनि कमसेकम चिन्ता, चासो र भावनात्मक रूपमा माया, प्रेम, श्रद्धा र सम्मान गरेको पाइन्छ । यद्यपि सम्पत्र परिवारमा भने त्यस्तो चिन्ता, चासो र भावानात्मक रूपमा माया, प्रेम, श्रद्धा र सम्मानको कमी रहेको पाइन्छ । यसले गर्दा भौतिक रूपमा सुख र सम्पत्र हुँदाहुँदै पनि ज्येष्ठ नागरिक दुःखी अवस्थामा रहेका पाइन्छन् र मानसिक रूपमा पीडितसमेत रहेका भेटिन्छन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

साताका लोकप्रिय समाचार

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडी । बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र...

प्रहरीको गोली लागि भारतिय नागरिक घाइते

बारा । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य...

ट्रेन्डिङ

च्याम्पियन्स र युरोपा लिग अनिश्चित

न्योन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले क्लब फुटबलको सबैभन्दा चर्चित र लोकप्रिय यूईएफए च्याम्पियन्स अनिश्चित बनेको छ ।

कोरोनाको प्रभाव : कर्णाली प्रदेशमा स्याउ र लसुनको मुल्यमा बृद्धि

दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द...

खाद्य कम्पनीको चामल खरिदमा चलखेल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएको छ । कम्पनीका कर्मचारीको मिलेमतोमै कम गुणस्तरको चामल खरिद...

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौं : मन्त्री भट्टराई

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ७१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा...

निजामती सेवा विधेयक सच्याउन कर्मचारीको माग

बागलुङ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतद्वारा निजामती सेवा विधेयक एकपक्षीय रुपमा पारित भएको विरोधमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका भएका छन् । विधेयकको...

उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो...

सोती घटना : ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता

रुकुम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

भर्खरै

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

धेरै पढिएका

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने उपाय

१. पृष्ठभूमि:  नेपालको संविधानमा तीन तहका सरकारका अतिरिक्त जिल्ला सभा तथा समन्वय समितिसमेतको व्यवस्था गरिएको छ । संविधानको धारा २२० मा तथा स्थानीय सरकार सञ्चालन...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)