भालाडोलिडविरुद्ध रियालको जीत

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।

रियलको जितमा भिनिसियस जुनियरले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुनियरले आकर्षक गोल गर्न सफल रहे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

जिनेदिन जिदानले लिगको सुरुवाती दुई खेलमा ४ अंक बटुलेका थिए । भालाडोलिडका गोलकिपर रोबर्टोले फेडरिको भाल्भर्डे र लुका जोभिकको उत्कृष्ट प्रहारलाई बचाउ गर्दै रियललाई निराश बनाएका थिए । योसँगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।

गएराति नै सम्पन्न अर्को खेलमा इबारविरुद्ध इल्ची विजयी बन्यो । इल्चीका लागि लुकास ब्वाइले ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय