रानीपाखेरीको गजुरमा २८ तोला सुन, आज गजुर प्रतिस्थापन गरिने

काठमाडौं । रानीपोखरी पुनर्निर्माणसँगै बिच भागको बालगोपालेश्वर मन्दिर पनि अन्तिम चरणमा पुगेको छ ।
आज बिहीबार बालगोपालेश्वर मन्दिरमा सुनको गजुर प्रतिस्थापन गरिदै छ । गजुरमा २८ तोला सुनले लेपन गरिएको छ । गजुर आज बिहान ८ बजेको शुभसाइतमा मन्दिरमा राख्न लागिएको हो ।

गजुर प्रतिस्थापनक्रममा क्षमापुजा गरिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातŒवविद् राजुमान मानन्धरले चलनअनुसार सामान्य पुजा गरेर राख्न लागिएको जानकारी दिए । पुनर्निर्माणअन्तर्गत पोखरीवरपर सरसफाइलगायत केही काममात्रै बाँकी छन् । प्राधिकरणले रानीपोखरीमा माछाका भुरा हाल्ने तयारी पनि गरेको छ ।

पुनर्निर्माण जिम्मा सुरुमा काठमाडौं महानगरपालिकाले लिएको थियो । तर, सुरु गरिएसँगै सम्पदामा सिमेन्ट र छड प्रयोग भएपछि विवाद उत्पन्न भयो । लामो समय विवाद जारी रहे पनि मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निर्माण जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण काम सम्पन्न गराएको हो ।

प्राधिकरणले रानीपोखरी पुनर्निर्माण १२ वैशाख २०७७ मा भूकम्प गएकै दिन सक्नेगरी अघि बढाएको थियो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पुनर्निर्माण ढिलाई भयो ।

३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण शिलान्यास गरेकी थिइन् । पुनर्निर्माणसम्बन्धी विवाद, कोरोना महामारी, लकडाउन, निषेधाज्ञालगायत संकट झेल्दै शिलान्यासको करिब पा“च वर्षपछि पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो । यसअघि नै रानीपोखरीे पि“धमा कालो माटो र इ“टा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै रानीपोखरीमा पानी भरिसकिएको छ ।

पोखरीमा आकाशबाट जम्मा भएको र बाँकी बाग्मती नदीबाट पाइमार्फत ३ करोड २२ लाख लिटर पानी भरिएको छ । पि“ध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी
इंग्ल्यान्डमा १ जुलाईसम्म क्रिकेट गतिविधि नहुने
मनकामना मन्दिर वैशाख महिनाभर बन्द
खानेपानीको जारमा किरा
अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी
आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी