Tuesday, October 27, 2020
Home खेल पोखरामा डेढ अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने

पोखरामा डेढ अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने

पोखरा । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तयारी थालिएको छ ।

गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा प्रदेश राजधानी पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको हो । पोखरा महानगरपालिका वडा ३३, भरतपोखरीको पशुपतिघाटमा बन्ने पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर) समेत तयार भैसकेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले क्रिकेट रंगशालाको लागि डीपीआर तयार भैसकेको र अब क्रमशः बजेट जुटाउँदै जाने बताए । रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दैआएकोले सोको संरक्षण गर्दै जग्गा सम्भ्याउने काम पहिलो हुने काफ्लेले बताए । सुरुवातमा ३०÷३५ करोड रुपैयाँ संकलन भइसकेपछि रंगशालाको खाका तयार पारिने उनले बताए ।

प्रदेश सरकारले १७४ रोपनी क्षेत्रफलको सरकारी जग्गा संघ सरकारबाट प्रदेश मातहतमा भोगाधिकारका लागि गत पुसमा प्राप्त गरेको थियो । सो जग्गामा क्रिकेट रंगशाला निर्माण अघि बढाउन प्रदेश सरकारले लकडाउनकै बेलामा डीपीआर बनाउन टेण्डर आह्वान गरेकोमा ललितपुरका विआरएस इन्जिनियरिङ्ग सोलुसनले सोको जिम्मा पाएको थियो । काफ्लेका अनुसार हालै तयार भएको डीपीआर अनुसार रंगशाला निर्माणमा १ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, १८ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । मैदानमा टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न ७ वटासम्म पीच तयार पारिने डीपीआरमा उल्लेख छ । १२० भीभीआईपी सिट, १००२ सय भीआईपी र स्पेसल सिट, ९०० सय खेलाडी क्षमताको कक्ष, १०० क्षमताको मिडिया कक्ष बन्नेछन् । पार्किङमा ६ सय वटा मोटरसाइकल अट्ने छन् । डीपीआर बनाउनमात्रै १६ लाख रुपैयाँ खर्च भएको काफ्लेले जानकारी दिए । सरकारले आवश्यक बजेट जुटाउन सके रंगशाला निर्माण गर्न ३ देखि ४ वर्ष लाग्ने अनुमान छ ।

यो पनि पढ्नुहोस   साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

डीपीआरबारे विभागीय सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग लगायतसँग एक चरण छलफल गरिसकेको र निर्माणमा ठूलो बजेट आवश्यक पर्ने भएकोले सोको लागि आवश्यक बजेट विनियोजनबारे मातहत निकायसँग छलफल तथा परामर्श हुँदै जाने काफ्लेले बताए ।

प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७÷०७८ का लागि २ करोड विनियोजित रकम अब रंगशालाको जग्गा संरक्षणका लागि खर्चिने योजना रहेको बताइएको छ । सेतीनदीले विगतमा भन्दा यस वर्ष केही बढी क्षति पु¥याएकोले कटानबाट जोगाउन पोखरा वडा २९ र ३३ सँग पनि आवश्यक समन्वय भइरहेको छ ।

नदी कटान रोक्न तथा जग्गा सम्याउन पुनः डीपीआर तयार गर्नुपर्नेछ । जसको लागि कात्तिक दोस्रो सातासम्म डिपिआर तयार गर्र्ने कार्यक्रम तय भएको छ । यससँगै निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकनका लागि पनि काम अघि बढाइएको छ ।

उता, पोखरा रंगशालाको चालु अवस्थामा रहेको क्रिकेट रंगशालालाई समेत स्तरोन्नति गर्नुपर्ने देखिन्छ । त्यसो हुन सके आगामी दिन पोखरा क्रिकेटको हव बन्ने पक्का छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

कन्याकाे मृत्यु हुने त्रासले जमरा राख्दैनन माझी समुदाय

बागलुङ ।  बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेश सरकारका दुई वर्ष : मन्त्रीको परस्त्रीगमनदेखी अपायक राजधानी घोषणासम्म

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार भएको आज दुई वर्ष पुगेको छ । २०७४ साल फागुन ५ गते प्रदेश प्रमुख...

संविधानमा आलंकारिक राजसंस्था नभई हुँदैन : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले राजसंस्थाको टड्कारो आवश्यक्ता रहेको बताएका छन् । ‘अब संविधानभित्र आलंकारिक राजसंस्था नेपालमा...

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका प्रतिनिधिसभाका सांसद सुवालले कोरोना संक्रमण भएको...

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय...

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

पोर्चुगल । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको...

कोरोना भाइरसको संक्रमण रोक्न नुवाकोटमा यस्तो तयारी

नुवाकोट । कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथामको लागि नुवाकोटमा पूर्व तयारीलाई तिब्र बनाइएको छ । जिल्लाभरका स्थानीय तहले आ–आफ्नो तयारी गरिरहेका...

प्युठानका नाबालकसहित ८ जनामा कोरोना संक्रमण

प्युठान । दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् । प्युठान नगरपालिकाका आठ...

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

(Visited 85 times, 1 visits today)