काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन रेग्मीले विहीबार बिहान मात्रै पदबाट राजीनामा दिएका थिए । उनको कात्तिक ३ गते कार्यकाल सकिँदै थियो । रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, आजको बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।
शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस
(Visited 140 times, 1 visits today)
(Visited 137 times, 1 visits today)