Sunday, May 16, 2021
Home Exclusive इजरायली श्रम बजार नेपालीका लागि खुला

इजरायली श्रम बजार नेपालीका लागि खुला

,

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।

सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्नुभएको छ । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा छिट्टै सम्झौता हुने दूतावासको भनाइ छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन् ।

यसैगरी इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

केही दिनअघि नेपाल सरकारले इजरायलसँग रोजगारी र कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत शाक्यलाई अख्तियारी दिएको थियो । सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको छ ।

राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकका लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गर्नुभएको थियो । प्रतिउत्तरमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताउनुभएको नेपाली दूतावासाले जनाएको छ ।

(Visited 879 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति...

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो । जिल्लामा...

ट्रेन्डिङ

आरटीपीसीआर प्रविधि विस्तारमा जोड

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि रियल टाइम पीसीआर विधि प्रभावकारी मानिएपछि यसको क्षमता बढाउनुपर्ने देखिएको छ । ¥यापिड डायग्नोस्टिक टेस्ट विधिमार्फत गरिएको...

लागू औषधसहित एक जना पक्राउ

इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं. ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी...

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा गए राति जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयटारीबाट वडा नं. १२...

ट्याक्टरले किचेर चालकको मृत्यु

संखुवासभा । उत्तर दक्षिण कोशी सडक खण्डमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक खोटाङ सुम्देलका २३ बर्षीय...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने छ जना महिला प्रहरीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा...

५४.७५ अङ्कले घट्याे नेप्से, ९ अर्बको कारोबार

काठमाडाैं ।  लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै...

नेकपा सचिवालय बैठक भदौ १८ गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही...

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौं । निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको छ । झडपमा प्रहरीले भीड हटाउन...

दाङमा एक युवक मृत अवस्थामा फेला

तुलसीपुर । पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् । हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस...

पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त पक्राउ

बारा ।  पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न थप एक जना अभियुक्तलाई बारा प्रहरीले बिहिबार अपरान्ह बाराको कोल्हवी नगरपालिका ४ सपहीबाट पक्राउ गरेको छ । जिल्ला...

विपदमा लाखौँको बजेट, कहाँ खर्च भयो ? विवरण नै छैन

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १० का १२ वर्षीय बालक अभिषेक नेपालीलाई गएको असार २६ गते शुक्रबार दिउँसो ३ बजे पौडी खेल्न गएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)