Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

निर्णय फिर्ता लिन माग

,

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ ।

नगरपालिकाले गत भदौ ९ गते २०२१ सालदेखी आफ्नै जग्गामा संचालनमा रहेको बाल मन्दिरलाई उक्त विद्यालयमा गाभ्ने र सो जग्गामा इन्जिनियरिङ र नापी समेतको उच्च प्राविधिक शिक्षा संचालन गर्न भवन निर्माण गर्ने निर्णय गर्दा आफूहरुलाई कुनै जानकारी नदिई यति पुरानो संस्थाको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै नेपाल बाल संगठनले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका छन् ।

बाल मन्दिर संचालक समितिका अध्यक्ष समेत रहेका पुनम शेखर नायरद्वारा जारि विज्ञप्तिमा नगरपालिकाले गरेको उक्त निर्णयले अनाथ, असहाय बालबालिकाको अधिकार खोसिने भन्दै सो निर्णय नसच्याए कानुनी उपचारका लागि न्यायलयमा समेत जान बाध्ये हुने उल्लेख गरिएको छ ।

अध्यक्ष नायरले नगरपालिकाको उक्त कदम बालबालिका एन २०७५ विपरीत हुनुका साथै बाल संगठनको जानकारी बिना नै निर्माण कार्य समेत संचालन गर्न लागिएकाले आफूहरु यस बिरुद्ध कानुनी उपचारमा जाने निर्णय गरिएको जानकारी समेत दिएका छन् ।

सात कठ्ठा १२ धुर जग्गा बालमन्दिर कै स्वामित्वमा रहँदा रहँदै उक्त संस्थालाई थाहै नदिई अन्यत्र गाभेर बाल मन्दिरको जग्गामा इन्जिनियरिङ र नापीको प्राविधिक उच्च विद्यालय संचालनको नाममा निर्माण कार्य सुरु गरिएको र यसले पुरानो एतिहासिक संस्थाको अस्तित्व नै समाप्त हुने उनको जिकिर रहेको छ ।

नगरपालिकाको शिक्षा समितिले भदौं १० पत्र पठाई बाल मन्दिरको सरसामान बुझाउन र बाल मन्दिरलाई रमशे नारायण दास आर्दश विद्यालयसित समायोजन प्रक्रियामा सघाउन भनी पत्र पठाएपछि आफूहरु चकित परेको अध्यक्ष नायरको भनाई छ । उनले नगरपालिकाको उक्त निर्णय कुनै पनि हालतमा स्विकार्य नहुने समेत बताएका छन् ।

यस सम्बन्धमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार अनुसन्धान आयोग, शिक्षा मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय लगायतका विभिन्न निकायमा पनि पत्राचार गरिएको उनले बताए ।

यता राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बाल मन्दिरमा विद्यार्थी संख्या कम भएका कारण समायोजन गरिएको बताउँदै भने, विद्यार्थी अति कम छन्, पाँच/६ जना शिक्षकको दरबन्दी रहेको बाल मन्दिरमा खर्च नै बढी भएको कारण समायोजन गरिएको हो । उनले सिटिइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा इन्जिनियरिङ र डिप्लोमा नापी जस्तो प्राविधिक विषय पठानपाठनको व्यवस्था मिलाउनका लागि बाल मन्दिरको जग्गामा नयाँ भवन निर्माण गर्न लागिएको स्पष्ट पार्दै यसमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।

(Visited 201 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

कैलालीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै पुनः लम्ब्याइयो

  धनगढी । विश्वब्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को दोस्रो भेरियन्टसँगै कैलालीमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ । गत १६ बैशाखदेखि यहाँ निषेधाज्ञा जारी...

थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित, ३४ जनाकाे मृत्यु

  काठमाडाैं ।  नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

ट्रेन्डिङ

कोरोना संक्रमण : सहरी क्षेत्र थप जोखिममा

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो...

बैतडीमा उपभोक्ता ठग्ने व्यापारीविरुद्ध मुद्धा

बैतडी । बैतडीमा उपभोक्तालाई ठग्ने र कालोबजारी गर्ने व्यापारीबिरुद्ध मुद्धा चलाउने गरिएको छ । चालु आर्थिक बर्षमा ४ वटा मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता...

अभिषेकलाई भिजनको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ । बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा...

कर्मचारीको मनोबल गिराउने प्रयास

सरकारले निजामती कर्मचारीका लागि बनाउने कानुन कर्मचारीमैत्री नै हुनुपर्छ । यद्यपि, सो कानुनमा कर्मचारीले जनताप्रति उत्तरदायी भएर काम नगरेमा उनीहरूलाई सशक्त कारबाही हुने व्यवस्था...

संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको...

खोप अभियानको अपेक्षा

  विभिन्न मित्रराष्ट्रहरूले गरेको खोप सहयोगसँगै देशव्यापी खोप अभियान जनस्तरबाटै अपेक्षा गरिएको छ । यो अपेक्षा स्वाभाविक र आवश्यक पनि छ । कोरोना महामारीको दोस्रो...

राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ...

कानुनी अड्चनको गाँठो फुकाउँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दालाई कानुनी निकास दिने भएको छ । सर्वोच्चले १९ सदस्यीय बृहत् पूर्ण इजलासमा...

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या एक हजार...

सिरहाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सिरहा । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया वडा नम्बर-३...

कोरोना सङ्क्रमण: भारतमा एक दिने जनता कर्फ्यु

नयाँ दिल्ली । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार...

तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)