Thursday, April 22, 2021
Home प्रदेश बुहारी हत्या अभियोगमा सासु पक्राउ

बुहारी हत्या अभियोगमा सासु पक्राउ

,

लमजुङ । बुहारी हत्या अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया एलिना मगरको हत्या आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएर झुण्डिएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिना झुण्डिएको सासु मनश्रीले देखेकी थिइन् ।

घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए ।

करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको नियतमाथी शंका बढेको रामबहादुरको भनाई छ ।

प्रहरी कार्यलय भोर्लेटारका प्रमुख सई दिपक रानाका अनुसार सासुले छिमेकीलाई खबर गरेपछि मृतक मगरका साइला ससुरा बहादुर थापा मगरले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यलय भोर्लेटारबाट टोली घटना स्थल पुगेको सई दिपक रानाको भनाई छ । शवलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने रानाको भनाई छ ।

कास्कीको रुपा गाउँपालिका– ९ को मौरीबेसी गाउँमा माइती भएकी एलिनाको आठ वर्ष अघि विवाह भएको उनका बुबा रामबहादुर थापाले बताए । उनका अनुसार घर र माइतीको दुरी आधा घण्टाको छ ।

एलिनाको ससुरा वैदेशिक रोजगारीमा छन् । घरमा सासु बुहारी मात्रै बस्दै आएका थिए । एलिनाको सासुका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको रामबहादुर थापाले
एलिनाको नियोजित हत्या भएको दावी गरे ।

घटनामा सासुको बयान पटक पटक बदलिएकाले पनि हत्या हुन सक्ने भन्दै घटनाको सत्य तथ्य छानविनको माग माईती पक्षले गरेका छन् । बयानको क्रममा सासुले एलिना झुण्डिएपछि कहिले सल एक्लै काटेको त कहिले देवर(साइला)को सहयोगमा काटेको हुँ भन्दै आएकी छिन् । बुहारीलाई चारित्रिक लाञ्छना समेत लगाकाले पनि हत्या आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय लमजुङमा मनश्रीका विरुद्ध आत्महत्या दुरुत्साहान मुद्दा जाहेरी परेको प्रहरीले जनाएको छ । मनश्रीलाई पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

सासुसँग प्रायः झगडा हुने गरकोले मानसिक तनावका कारण एलिनाले आत्माहत्या गरेको हुन सक्ने मृतकका छिमेकीले आशंका व्यक्त गरेका छन् । मृतकका एक छ बर्षीय छोरी छिन् भने श्रीमान भारतमा रोजगारीमा छन् ।

(Visited 227 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

साताका लोकप्रिय समाचार

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

ट्रेन्डिङ

बन्दले कञ्चनपुर ठप्प

महेन्द्रनगर । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । दुई पाङ्ग्रे सवारी साधन अटो...

गाउँपालिकाको जेसिविमा अज्ञातद्वारा आगजनी

बारा । प्रसौनी गाउँपालिकाको जेसिविमा अज्ञात व्यक्तिले आगो लगाएको छ । बुधवार राती करिव १ बजेको समयमा आगो लागेको वडा नम्वर ६ का वडाध्यक्ष...

सांसद अपहरणमा संलग्नलाई कार्बाही हुनुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको अपहरणको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कार्वाही गर्न माग गरेका छन् । आजबाट सुरु भएको संघिय...

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे...

निषेधाज्ञा उल्लंघन गर्दै जनप्रतिनिधि

बाजुरा । निषेधाज्ञाका बेला बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसका अभियानले कोरोना रोकथामका...

काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वडा नं २ नालामा बुधबार निसान गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा...

अब बैंकमा सुन राख्दा ब्याज पाइने

काठमाडौं । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत...

प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

काठमाडौं । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।...

कोरोना संक्रमित महिला सम्पर्कविहीन

त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र...

यस्ता छन् लक डाउनमा बन्द नहुने अत्यावश्यक सेवाहरु

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमसँग लड्न महत्वपूर्ण योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार...

भेरी अस्पतालमा कोरोना संक्रमित युवतीको मृत्यु

नेपालगन्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी...

१ हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण

बेइजिङ । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार जानकारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)