इवामुरा अस्पतालले जिउदो मान्छेलाई ‘म-यो’ भनेपछि

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालको हेलचेक्रयाइले बिरामीको ज्यान जोखिममा परेको छ । गत शुक्रवार इन्डोस्कोपी गर्न पैदल हिँडेर गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको भन्दै विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रह्यो ।

अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा शरीरको भित्री अंगमा असर पुुगेर लाखाजुको स्वास्थ्य स्थिती नाजुक भएको परिवारका सदस्यले बताए ।

इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले बिरामीको मृत्यु भयो मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालमा लगेका थिए ।

नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै अहिले भेन्टिलेटरमा राखी उपचार गरिरहेको भाइ विजेस लाखाले बताए । ‘नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पगेकोले यसैं भन्न नसकिने जवाफ दिएको छ ।’ विजेसले बताए ।

इवामुरा अस्पतालले बिरामी थप उपचार नगरेकाले सिकर्मी पेशा गर्ने लक्ष्मीकुुमार अन्तिम अवस्थामा पुुगेको स्थानीय बासिन्दाको भनाई छ । ‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको नर्भिकमा उपचार भइरहेको छ ।’ एक स्थानियले भने ।

‘हामीले पटक पटक के भएको हो र कसरी यस्तो भयो भनेर सोध्यौ तर, अस्पतालका मान्छेले निकै गैर जिम्मेवार जवाफ दिए ।’ आन्दोलनरत रत्नश्वरी चवालले बताइन् ।

सुरुमा इवामुरा अस्पतालले बिरामीका आफन्तलाई तिमीहरु जे गर्न सक्छौ गर भन्दै प्रहरी लगाएर दमन गराउने प्रयास गरेको थियो । भक्तपुरबासीको दिनभरीको आन्दोलनपछि वार्ता सुरु भएको र बार्ता सकारात्मक हुँदै गएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार