इवामुरा अस्पताल र स्थानीयबीच सहमति

भक्तपुर । इवामुरा अस्पतालको लापर्वाहीले हिंडेर उपचार गर्न गएकाको ज्यान जोखिममा परेको छ । विरामीको ज्यान जोखिममा परेपछि स्थानीयले अस्पताल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि बिहीबार नै दुईपक्षीय सहमति भएको छ ।

पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने भएको छ भाइ बिजेश लाखाका अनुसार दाजु लक्ष्मीकुमारको इवामुरा र नर्भिक अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको हो । सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

लक्ष्मीकुमार पेसाले सिकर्मी हुन् । भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रहेको थियो ।

अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजु अन्तिम अवस्थामा रहेको परिवारस्रोतले जनाएको छ । इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्काले अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै अहिले भेन्टिलेटरमा राखी उपचार गरिरहेको भाइ विजेस लाखाले बताए । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पगेकोले यसैं भन्न नसकिने जवाफ दिएको छ ।

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेश ागर्ने लक्ष्मीकुुमार अन्तिम अवस्थामा पुुगेको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्,‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा उपचार भइरह्यो त ?’

चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने भक्तपुरका च्याम्हासिंहमा बस्ने लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा परेपछि उनको परिवार नै जोखिममा परेको छ ।

हामीले पटक पटक इवामुरालाई के भएको हो र कसरी भएको हो भनेर जान्न फोनमा कुरा गर्दा र अस्पतालमा भेट्न खोज्दा समय नदिने र फोनमा पनि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने गरेका कारण जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि हामी बाध्य भएर दबाबमुलक कार्य गर्न वाध्य भएको आन्दोलनरत पक्षका रत्नश्वरी चवालले बताइन् ।

‘एउटा सकुुशल व्यक्ति एकैचोटी कोमामा जानु आश्चर्यको कुरा हो। त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभुति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको इवामुरा अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुु-याएको छ’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै
हामेसलाई मायमी ल्याउन चाहन्छन् बेकह्याम
लकडाउनको मौका छोपेर तस्करी गर्ने धमाधम पक्राउ
जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष प्रचण्ड
किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण
अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी