सिमरा । बाराको जीतपुसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले कक्षा ११ को नयाँ पाठयक्रम शुरुवात गरेको ।
कोभिड १९ को प्रभावमा पनि अनलाइन कक्षा संचालन गरिरहेको बिद्यालयले कक्षा ११ को नयाँ भर्नाका लागि अनलाइनबाटै भर्ना आवेदन र इन्ट्रान्स परीक्षा संचालन गरेको थियो ।
बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बिद्यालयले १५ असोजबाट कक्षा ११ को नयाँ कक्षा संचालन थालेको बिद्यालयका सहायक प्रधानाध्यापक अत्युदेव सिटौलाले जानकारी दिए । हालसम्म ३ सयभन्दा बढी बिद्यार्थीहरु विभिन्न ऐच्छिक बिषयमा भनाई भइसकेको बिद्यालयको तथ्यांकमा छ ।
कक्षा ११ को पनी हाल माइक्रोसफ्ट टिम मार्फत अनलाइन कक्षा संचालन भइरहेको छ भने इन्टरनेटको पहुँच नहुने बिद्यार्थीहरुका लागि अनिवार्य मास्क प्रयोग गरी बिद्यालयमै आएर कक्षा लिन सकिने ब्यवस्था मिलाईएको सिटौलाले बताए ।
उनका अनुसार अहिले बिद्यालयमा अघिल्लो बर्षको तुलनामा उत्साहजनक भर्ना संख्या छ । चार संकाय संचालन गरिरहेको बिद्यालयले अब संकाय रहने ब्यवस्था नै हटेपछि ऐच्छिक बिषयका आधारमा समुह बिभाजन हुनेछन् ।
अंग्रेजी र नेपाली दुवै माध्यमका कक्षा संचालनको तयारी थालेको बिद्यालयले लेखा ऐच्छिक बिषय अन्तर्गत अंग्रेजी माध्यममा भर्ना रोक्नुपर्ने अवस्था आएको सिटौलाले बताए । वरिपरीका निजि बिद्यालयका बिद्यार्थीहरुको यस बर्ष बिद्यालयमा चाप बढेको भन्दै उनले अंग्रेजी माध्यमका बिद्यार्थीहरुको चाप सबैभन्दा बढी भएको बताए ।
‘अहिले नाम कहलिएका वरीपरीका निजी बिद्यालयका बिद्यार्थीलेपनी ११ को नयाँ कक्षामा धमाधम भर्ना गरिरहेका छन्’, उनले भने, सिट सिमित भएकाले लेखाको अंग्रेजी माध्यम तर्फका बिद्यार्थीहरुलाई अब नयाँ भर्ना लिन सक्ने अवस्था छैन, अन्य बिषयहरुका लागि पनि अब केही दिनमात्र भर्ना खुल्ला गर्नेर्छौ ।’
यसैगरी बिज्ञान बिषयमा पनि बिद्यार्थीको लक्षित संख्या लगभग पुग्न लागेको उनको भनाई छ । यता बिद्यालयले कक्षा १२ को चार वटै संकायलाई भने निरन्तर रुपमा अनलाइन माध्यमद्वारा पठनपाठन गराइरहेको छ ।
यस बर्षबाट कम्प्युटर बिज्ञानको पठनपाठन
बिद्यालयमा यसैबर्षबाट कम्प्युटर बिषयलाई पनि कक्षा ११ मा ऐच्छिक बिषयका रुपमा अध्ययन गर्न पाइने भएको छ । बिद्यालयले करिब २५ लाख खर्चेर कप्युटर प्रयोगशालाको निर्माण गरेको छ ।
कम्प्युटर बिज्ञान अध्ययन गर्न सिमरा बाहिर जानुपर्ने बिद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर यसै वर्षबाट बिद्यालयले कम्प्युटर बिज्ञानको पढाई शुरुवात गरेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।
उनले यस बर्ष निजी बिद्यालयका बिद्यार्थीहरुको समेत आकर्षण बढेकोमा खुशी ब्यक्त गर्दै अब यस बर्षबाट झनै बिद्यालयलाई प्रभावकारी पठनपाठनमा चुनौती थपिएको बताए । कोभिडका बेलापनि बिद्यालय परिवार पठनपाठनमा सकृय रहेका भन्दै उनले आगामी दिनमा पनि उत्कृट शिक्षा र उत्कृष्ट नतिजामा सधैँ अगाडी रहने प्रतिबद्धता जनाए ।