बा ! म छोरी भएर हो ?

ईश्वर विश्वकर्मा (क्षितिज)

 

 

 

 

 

 

 

बा ! म छोरी भएर हो ?
ईश्वर विश्वकर्मा (क्षितिज)

जन्मिँदा उदास हुने
तिमी नै हौ ।
म हुर्किंदा झिन्झट्
हुने पनि तिमी नै हौ ।
म टुकु–टुकु हिँड्न थाल्दा,
कस्तो घरमा पर्ने हो ? भन्ने पनि
तिमी नै हौ ।
बाऽ म छोरी भएर हो ?

म हुर्किन, फक्रिन नपाई,
बाऽ तिमीलाई छोरा चाहियो रे !
मैले चुलो–चौकोको
काम सिक्नुपर्छ रे !
मैले कुचो समाएर घरको
कसिंगर बढार्नुपर्छ रे !
बाऽ म छोरी भएर हो ?

म घाँसदाउरा गरेर स्कूल जानुपर्छ रे !
म भाइभन्दा ढिला स्कूल पुग्नुपर्छ रे !
मैले जुठेलोको जुठो र,
तिम्रा जुठा भाँडा टिप्नुपर्छ रे !
बाऽ म छोरी भएर हो ?

मैले विवाह गरेर अर्कै घर जानुपर्छ रे !
आमाको न्यानो काख छाडेर,
पराईको काखमा सुत्नुपर्छ रे !
म जन्मे जसरी,
मैले पनि जन्माउनुपर्छ रे !
बाऽ म छोरी भएर हो ?

म प्रतिबन्धित छु रे !
तर, मेरा अंगहरू स्वतन्त्र छन् रे !
तिनै अंग छेद विच्छेद भए पनि,
न्यायलयको प्रतिमूर्तिजस्तो
चुप हुनु रे †
किनकि, मैले बलात्कार हुनुपर्छ रे !
बाऽ म छोरी भएर हो ?

बाऽ म पैसामा बेचिनुपर्छ रे !
बाऽ म रक्सीमा मडारिनुपर्छ रे !
बाऽ म सुनका हारमा बेचिनु पर्छ रे !
बाऽ म एउटा चोली र
सारीमा बेहेरिनुपर्छ रे !
बाऽ म एउटा सिन्दुरको
धर्सोमा बस्नु पर्छ रे !
बाऽ म छोरी भएर हो ?

बाऽ तिमी र ऊमा के फरक छ ?
बाऽ मैले नै हो गुरु बनाएको ।
बाऽ मैले नै हो बाबा बनाएको ।
बाऽ मैले नै हो मामा बनाएको ।
बाऽ मैले नै हो श्रीमान् बनाएको ।
बाऽ मैले नै हो छोरा बनाएको ।
बाऽ मैले नै हो ज्वाइँ बनाएको ।
बाऽ मैले नै हो ससुरा बनाएको ।
बाऽ मैले नै हो भाइ बनाएको ।
बाऽ मैले नै हो भेनाजुको
अधिकार दिएको ।
बाऽ मेरै कोख हैन ?
राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीश, गृहमन्त्रीलाई बनाएको ।

अनि किन हुन्छु बलात्कृत ?
न्याय पाउँदिनँ,
बाऽ म छोरी भएर हो ?

बाऽ म तिम्रै ज्ञानेन्द्रियबाट
प्रतिबन्धित हुन चाहन्छु ।
किनकि, यो बधशालामा
जन्म लिनु छैन ।
बलात्कृत हुनु छैन
अन्यायमा पर्नु छैन ।
बाऽ तपाईंको अनुहारमा
अंगार पोत्नु छैन ।
बाऽ म छोरी भएर हो ?
बाऽ मलाई न्याय देऊ ?
सरकार मलाइ न्याय देऊ ।
बलात्कारीलाई फाँसी देऊ ।
सिन्धुली

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं