चेन्नाई सुपर किङ्सको लगातार तेस्रो हार

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाई सुपर किङ्स लगातार तेस्रो खेलमा पराजित भयो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हिजो उ सनराइजर्स हैदरावादसँग ७ रनले पराजित भएको हो ।

हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो । चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रन तथा कप्तान महेन्द्र सिंह धोनीले अपराजित ४७ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन । हैदराबादका नटराजनले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादका प्रियम गर्गले ५१ रन जोडेपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै ४ खेलबाट ४ अंक जोडेको हैदराबाद अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ४ खेलबाट २ अंक मात्रै जोडेको चेन्नई पुछारमा रहेको छ ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आबुधाबीमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र रोजस्थान रोयल्स भिड्दा सारजहामा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाईट राईडर्सले गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल