गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर

 

पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

असोज १३ मा कोरोना पुष्टि भएपछि उनी १७ गते भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वास तथा कलेजोमा समस्या देखिएकोमा उपचारक्रममा मृत्यु भएको हो । योसहित नवलपुरमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा आइतबारमात्र ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ४ हजार ५९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई