Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

,

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिइ । असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

भरतपुर कारागारमा उच्च सतर्कता

रत्ननगर– कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो । चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताए । ‘आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पु¥याउने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।’

प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ । कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ ।

नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको बताए । ‘अहिलेसम्म भित्र कोरोना सङ्क्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ’, उनले भने, ‘बेलाबखत केहीको पिसीआर परीक्षण गराएका छौँ, सङ्क्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।’

कारागारभित्र २०० बढी दीर्घरोगी

कारागार कार्यालय चितवनमा २०० बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन् । नियमित औषधि लिनेको सङ्ख्या २१२ छ । उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन् । यस्तै मुटुरोगका छ, मानसिक रोगका पाँच, एचआइभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एक जना छन् । विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।

‘बिरामी धेरै भए पनि जटिल अवस्थाका कम छन्’, प्रमुख काफ्लेले भने, ‘बिरामीलाई छुट्टै ब्लकमा राखेका छौँ, नियमित जाँच तथा उपचारको सुविधा दिएका छौँ ।’ पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिएपछि भरतपुर कारागार सबैभन्दा बढी जोखिम क्षेत्र बनेको छ । हाल कारागारमा कैदी तथा थुनुवा गरी ६८० जना छन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

कांग्रेस नेता खड्काको निधन

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा...

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप...

उपभोक्ता चाहिने भन्दा बढी थुपार्ने, व्यापारी मुल्य बढाउने

काठमाडौँ । कोरोनाको महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएर आम जनताको जीवन कष्टकर भएको बेला केही व्यापारीका लागि भने यहि महामारी कमाउने मेलो भएको छ...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

ट्रेन्डिङ

बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

बर्दिया । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटीको टुंगो लागेको छ । आयोजनाको लगानी मोडालिटी टुंगो लागेसँगै बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका छन्...

किन जनप्रिय हुन सकेन ओली सरकार !

जनताको बहुमत पाएपछि सत्ताको बागडोर सम्हालेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आज किन जनता माझ लोकप्रीय हुन सकेन ? आज जन जनले...

विन्द्रासैनी माई मन्दिर : जहाँ देवीको रोजाईमा दलित

दैलेख । केही बर्ष अगाडी भाद्र महिनामा बाजुराको बडीमालिका मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी जवानलाई दलित भएकै कारण राम्रो नहुने भन्दै पुजारीले विचबाटोबाट फर्काई दिएपछि...

बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र २६ जना घाइते

काठमाडौं । गत बिहीबारदेखि सक्रिय मनसुनका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न जिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

लमजुङमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना पुष्टि

लमजुङ । लमजुङमा फ्रन्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित १८ जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । त्योसँगै समुदायमा कोरोना भाइरस...

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सकियाे

काठमाडाैं ।  कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको...

हावाहुरीले विद्यालयको छाना उडायो, खुला चौरमा घामपानी सहदै विद्यार्थी

जुम्लाको । जुम्लाको दुर्गम मानिने तातोपानी गाउँपालिका वडा नम्वर ७ ताम्ती मा हावाले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । तातोपानी ७ ताम्तीको...

चितवनमा ७२ घण्टाभित्र ७० शैय्याको कोरोना उपचार अस्पताल बनाइने

चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न...

प्रेम प्रस्ताव अस्वीकार भएपछि प्रहरीले गरे आत्महत्याको प्रयास

ड्युटीमा रहेकी महिला प्रहरीको राईफल खोसेर आफैँलाई गोली प्रहार सिन्धुली । प्रेम दिवसमा आफुले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि शुक्रबार बिहान...

बालबालिकामा कोरोना संक्रमण दर बढ्दो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा बालबालिका प्रभावित हुने क्रम बढेको छ । कोरोना भाइरस संक्रमण सुरु भएको १...

पत्रकार बस्याललाई पितृ शोक

स्याङ्जा । नोपल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)