विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरे जरिमाना नलाग्ने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल २२ असोजसम्म भुक्तानी गरेमा जरिमाना नलाग्ने जनाएको छ । प्राधिकरणले कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न सरकारले गरेको लकडाउनको समयमा विद्युत्को मिटररिडिङ तथा विलिङ हुन नसकेका कारण उपभोक्तामा अन्योल उत्पन्न भएको भन्दै केही भुक्तानीमा सहजता ल्याएको हो ।

प्राधिकरणले भदौ महिनाको महसुल भुक्तानी गर्दा २२ असोजसम्म तिर्दा कुनै पनि थप दस्तुर तथा जरिमाना नलाग्ने भन्दै सूचना सार्वजनिक गरेको छ । यसअघि असोज ८ गतेसम्म तिर्दा जरिमाना नलाग्ने बताइएको थियो ।

कोरोनाका कारण प्राधिकरणका कर्मचारी भदौमा नियमित मिटर रिडिङमा जान नसकेको र असोजमा एकैपटक दुई महिनाको बिल र जरिमाना जोडेर आउँदा ग्राहक अन्योलमा परेका थिए । केही ग्राहकले त मिटर रिडिङ नै नगरी जरिमाना जोडेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन नसकेका कारण मिटर रिडिङ नभएका विद्युत्का ग्राहकलाई जरिमाना नलगाउन निर्देशन दिएका छन् ।

प्राधिकरणले भदौ महिनाको महसुल भुक्तानी गर्दा २२ असोजसम्म तिर्दा कुनै पनि थप दस्तुर तथा जरिमाना नलाग्ने भन्दै सूचना सार्वजनिक गरेको छ

मन्त्रीको निर्देशनलगत्तै प्राधिकरणले महसुल भुक्तानी गर्ने समय र जरिमाना नलिने तथा भुक्तानीको समय थपी केही सजिलो बनाएको छ । २०७७ साल भदौ महिनामा देशका अधिकांश स्थानमा कोभिड–१९ को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युत्को मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसकी महसुल भुक्तानीका सन्दर्भमा उपभोक्तामा अन्योल उत्पन्न भएको हुँदा सहजीकरण गरिएको जनाइएको छ ।

उपभोक्ता वर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आसोज २२ गतेसम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गतेसम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

२०७७ भदौ महिनाको विद्युत् महसुल भुक्तानीसम्बन्धी अन्य व्यवस्था तथा २०७७ असोज महिनादेखिको नियमित महसुल भुक्तानीसम्बन्धी व्यवस्था विद्युत् महसुल संकलन विनियमावली २०७७ मा तोकिएबमोजिम हुने पनि सूचनामा उल्लेख छ । कुनै उपभोक्ताले २०७७ भदौको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए सो रकम आगामी बिलमा समायोजन गरिने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा