पोखरा महानगर प्रज्ञा–प्रतिष्ठानमा ११ जना सिफारिस

पोखरा । पोखरा महानगरपालिकामा प्रज्ञा–प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले आइतबार पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको हो ।

पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समिति सदस्यमा विज्ञसदस्य मनकुमार श्रेष्ठ र महानगरका सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए ।

प्रतिष्ठानका संरक्षक रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य चयन गर्नेछन् । तीमध्ये दुई परिषद् सदस्य र चार सभा सदस्य रहने व्यवस्था छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्ये दुई जना महिलासहित प्रमुखले तोकेको आठ जना सदस्य रहने व्यवस्था ऐनमा छ ।

प्रतिष्ठानमा दुई जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ । सिफारिसमध्ये कुलपतिमा पदमराज र उपकुलपतिमा मेनकाजी चयन हुने सम्भावना प्रवल छ । सिफारिस गरिएकाहरू विभिन्न विधामा कुनै न कुनै योगदान दिएका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक