बुटवल । कांग्रेसले प्रदेशसभाको आज बस्ने बैठक अवरुद्ध गर्ने भएको छ । सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको हो । प्रदेशसभामा प्रदेशको राजधानी दाङ र नामाकरण सम्बन्धी प्रदेश सरकारले पेश गरेको प्रस्तावप्रति छलफल हुने कार्यतालिका छ ।
बैठक केही बेरमा बस्दै छ । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बैठक राजधानी र नामाकरणको प्रस्तावको विषय हतारमा आएकोले यसलाई दुई तीन दिन पछाडि सार्न आग्रह गरेपछि नेकपाले नमानेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको जानकारी दिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)