Friday, April 23, 2021
Home प्रदेश कोराना महामारीमा प्रशासन कार्यालयमा सेवाग्राहीको भिड

कोराना महामारीमा प्रशासन कार्यालयमा सेवाग्राहीको भिड

,

सप्तरी, राजविराज । कोरोना महामारीको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीहरुको अत्याधिक चाप बढेको छ ।

दिनहुँ पाच÷६ सय भन्दा बढी सेवाग्राही आउने गरेका कारण प्रहरी खटाउँदा पनि सामाजिक दुरी कायम गराउन हम्मे हम्मे परेको छ । जिल्ला प्रशासन कार्यालयकै पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भई एक जनाको मृत्यु समेत भएपछि कार्यालयले पालो लगाएर एक दिनमा दुई स्थानिय तहहरुमा सेवाग्राहीको काम संचालनको व्यवस्था मिलाएको थियो । त्यसो गर्दा पनि संख्या व्यापक रुपमा बढ्दै गएका कारण बिहान ८ बजेदेखी नै सेवाग्राही कार्यालय परिसरमा पुगि लाइन बस्न थालेका छन् ।

दैनिक तीन सय सम्म नागरिकता बनाउन, एक सय सम्म प्रतिलिपी लिन तथा अन्य कामका लागि समेत सेवाग्राही आउने गरेका कारण केही दिनयता भिंडभाड निकै बढेको  छ

मानिसहरुको एकै ठाउँमा अत्याधिक चाप बढेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ भने भिंडले गर्दा कतिपय सेवाग्राही काम नभ्याएर निरास भई फर्कदै गरेका छन् । सेवाग्राहीको भिंडभाड जिल्ला प्रशासनमा मात्र होइन् मालपोत, नापी, विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्था लगायतका अन्य कार्यालयमा समेत बढेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले दैनिक तीन सय सम्म नागरिकता बनाउन, एक सय सम्म प्रतिलिपी लिन तथा अन्य कामका लागि समेत सेवाग्राही आउने गरेका कारण केही दिनयता भिंडभाड निकै बढेको बताए । नागरिकता लिन आउनेहरुले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिंडभाड अझै बढेको उनको कथन छ । उनले कोरोनाको जोखिमप्रति प्रशासन सचेत र सजग रहेको बताउँदै बिहानैदेखी लाइनमा बस्ने सेवाग्राहीलाई भौतिक दुरी कायम र मास्क/सेनिटाइजरको प्रयोग गर्न निरन्तर आग्रह गरिरहनु परेको सुनाए । तथापी हामी यस्तो भिंडभाड घटाउने विभिन्न उपायको खोजीमा लागेका छौं उनले भने, एक दुई दिनमै केही निकास निस्किने छ ।

लामो समयपछि कार्यालयहरु खुलेकाले भिंडभाड अतयाधिक देखिए पनि स्वास्थ्य सुरक्षा सतकर्ता र आवश्यक मापदण्डको पालना नगर्दा यसले कोरोनाको जोखिम अझै बढाउने स्थानिय बुद्धिजिवीले भने चिन्ता व्यक्त गरेका छन् ।

यता जिल्लामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारि रहेको छ । अघिल्लो दिन १० जना संक्रमित फेला परेको जिल्लामा सोमबार ७ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको कुल संख्या १ हजार ३ सय २३ पुगेको छ ।

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

साताका लोकप्रिय समाचार

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

दश वर्षमा पनि बनेन पुल

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति...

होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा ।  धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

ट्रेन्डिङ

कोरोना संक्रमणले बेलायतमा ६६ नेपालीको मृत्यु, १५ सय बढी संक्रमित

लन्डन। कोरोना संक्रमणले बेलायतमा ६६ जना नेपालीको मृत्यु भइसकेको छ भने १५ सय भन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकसँगै कोरोना संक्रमणले सबैभन्दा...

युभेन्टस फाइनलमा

टुरिन । इटालियन महारथी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा सीमित एसी मिलानसँग गोलरहित बराबरीमा...

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

मेलम्ची । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय...

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक...

विप्लवको कार्वाही सूची : किसानलाई मल नदिनेदेखी रेलका ठेकेदारसम्म

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति...

रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री...

किन जनप्रिय हुन सकेन ओली सरकार !

जनताको बहुमत पाएपछि सत्ताको बागडोर सम्हालेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आज किन जनता माझ लोकप्रीय हुन सकेन ? आज जन जनले...

‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

धनगढी । चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस...

गोपीचन्द्रले टोकियो ओलम्पिक खेल्ने

नेपालगन्ज । गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । ओलम्पिक छनोटको रूपमा रहेको छैटौं संस्करणको धारा नेपालगन्ज...

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् । ७० औँ प्रजातन्त्र...

स्वास्थ्यकर्मीको हौंसलामा स्वास्थ्य सेवा विभागमा दिप प्रज्वलन

काठमाडौं । कोभिड १९ रोकथाममा अग्रभागमा खटिएकाहरुको हौसलाका निम्ति स्वास्थ्य सेवा विभागले आज विहिबार बेलुका दिप प्रज्वलन गरेको छ । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ...

भारत र चीनले प्रतिनिधिसभा विघटनको विरोध गरेनन्

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालको आन्तरिक मामिला भन्दै थप टिप्पणी नगर्ने जनाएका छन् । उनीहरूले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)