फ्रेन्च ओपन: लयमा पेट्रा

पेरिस । शीर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेर विपक्षीलाई आफ्नो लय कायमै रहेको सन्देश दिएका छन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको चौथो चरणको खेलमा रुसका करेन खाच्नोभलाई सजिलै पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।

विश्व नम्बर १ जोकोभिचले करेनमाथि ६–४, ६–३ र ६–३ को सोझो सेटमा जित निकाले । दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिच १४ औं पटक प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।

उता, बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६–३, ७–६ र ६–२ ले हराउँदै पाँचौं वरियताकी ग्रिक खेलाडी स्टेफानोस सित्सिपास पनि क्वाटरफाइनलमा पुगेका छन् ।

महिलातर्फ रुसकी पेट्रा कितोभा, अमेरिकाकी सोफिया केनिन र जर्मनीकी लौरा सिगेमण्ड क्वाटरफाईनलमा उक्लेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित